पोखरामा करीब १ करोड ठगीको आरोपमा प्रहरी हवल्दार पक्राउ

0

पोखरा – पोखरामा करीब १ करोड ठगीको आरोपमा प्रहरी हवल्दार पक्राउ परेका छन् । पोखरा लेखनाथ महानगरपालिका १८ सराङ्कोटमा रहेको प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार सुमन अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

गोर्खा आरुपोखरीका घर भएका ३५ बर्षिय अधिकारी माथि कास्कीको माछापुच्छ्रे ९ माईती घर भई दाङ्सीमराङ बस्ने टोपली भनिने निशा परियारसँग मिलेर ब्याजमा पैसा लिएको र फिर्ता नदिएको आरोप अधिकारी माथी छ । अधिकारी र परियारलाई वाईसीएल कास्कीका बरिष्ठ उपाध्यक्ष एञ्जल्स कार्की र अनुशासन विभाग प्रमुख लक्ष्मण अधिकारी सहितको टोलीले नियन्त्रणमा लिएर मंगलबार कास्की प्रहरीलाई बुझाएको हो ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखेर अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अशोक सिंहले बताए । ठगिएकाहरुले आफ्नो रकम फिर्ता गराईदिन प्रहरीलाई आग्रह गरेका छन् । यद्यपि उनीहरुले किटानी जाहेरी भने दिएका छैनन् ।

हालसम्म ९ जनाले आफूहरु ठगिएको बताएका छन् । मौखिक शर्तमा आधारमा पैसा दिएको तर प्रमाण नभएको उनीहरु बताउछन् । निशाले चिनजान गर्ने र दोस्ती बढ्दै गएपछि पैसा ब्याजमा माग्ने गरेको र पैसा दिन आनाकानी गरे हवल्दार अधिकारी गएर फिर्ता नदिए मै दिन्छु भन्दै पैसा दिन बाध्य पार्ने गरेको पिडितहरुको भनाई छ ।

कागज गरेर मात्र दिन्छु भन्दा हवल्दार अधिकारीले पैसा कागजले दिने हो र ? हामीले दिन्छौं भनेर दवाब दिनेगरेको उनीहरुले बताएका छन् । पैसा तिर्ने भाका नाघेपछि भने सम्पर्कमा नआउने गरेका थिए ।

Share.

Leave A Reply