प्याराग्लाइडिङ खेलका लागि खेलाडीहरुको छनौट पोखरामा सुरु

0

पोखरा – इण्डोनेशियाको जर्कातामा १८ अगस्त देखि सेप्टेम्बर २ सम्म आयोजना हुने १८ औं एशियाली खेलकुद अन्र्तगत प्याराग्लाइडिङ खेलका लागि खेलाडीहरुको छनौट पोखरामा सुरु भएको छ । नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाडिङ संघको आयोजनामा खेलाडी छनौट गरिएको हो ।

नेपालले एशियाली खेलको प्याराग्लाइडिङ तर्फ बाट दुइ वटा इभेन्टमा १० जना खेलाडीको सहभागिता रहने महासचिव रावतले बताउनुभयो । बुधबार भएको छनौटमा इन्डिभिजुअल एकुरेसी, टिम एकुरेसी र टिम क्रस कन्ट्रीमा खेलाडीहरुले प्रतिष्पर्धा गर्नुभयो । सहभागी २१ खेलाडी मध्ये १० जनाले एशियाली खेलमा सहभागिता जनाउन पाउनेछन । बुधबार छनौट भएका खेलाडीहरु टिम एकुरेसी र इन्डिभिजुअल एकुरेसी तर्फ १० र १० जना क्रस कन्ट्रीका गरि २० जना रहेका छन । ति मध्ये दुवै इभेन्टमा उहाँहरुको परफरमेन्सका आधारमा अन्तिम १० जना छनौट गरिने महासचिब रावतले बताउनुभयो ।

बुधबार टिम क्रस कन्ट्री तर्फ बिशाल थापा, शुसिल भट्टराइ, शेर बहादुर गुरुङ, बिमल अधिकारी, बिजय दाहाल, कृष्ण बहादुर सुनुवार, आशिष थापा, निशिन थापा, सुरज थापा र अनिश भट्टराइ छनौट हुनुभएको छ । त्यसै गरि इन्डिभिजुअल एकुरेसी र टिम एकुरेसी तर्फ ऋषी पोडे, युबराज सुनुवार, मदन कुमार सुनाुवार, शुवास थापा, अनिष भट्टराइ, युकेश गुरुङ, बिजय गौतम, सबिन राना मगर र बिशाल थापा हुनुहुन्छ । ति मध्ये युकेश गुरुङ कान्छा खेलाडी हुन । १६ वर्षका युकेशले हाल एसइई परिक्षा समेत दिइरहनुभएको छ ।

पोखरामा एशियाडमा जाने प्याराग्लाइडिङ खेलाडी छनौट भएकोमा धेरैमा उत्साह छाएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष योगेश भट्टराइले नेपाली प्याराग्लाइडिङ खेलको २० वर्षे इतिहासमा नेपाली शाहसिक खेलले नयाँ मोड लिएको बताउनुभयो । “हामी निकै उत्साहित छौ” उहाँले भन्नुभयोे–“पर्यटन संगै यो खेल नयाँ सोचका साथ अगाडी बढने र राज्यको चासो समेत यसमा रहने छ,” उहाँले थप्नुभयोे– “प्रदेशको समृद्धीका लागि पनि यो खेलको बिकास र संरक्षण आवश्यक छ ।”

नेपालको पोखरा, धरान, स्याङ्गजा र सुर्खेतमा ब्यबसायिक हिसाबले प्याराग्लाइडिङ खेल्ने गरिए पनि पोखरा विश्वकै ‘टप टेन’ भित्र पर्दछ । ना का अध्यक्ष भट्टराइले नेपालको पर्यटनले नेपालमा आर्थिक समृद्धी ल्याउन शाहसिक खेलकुदका गतिविधी महत्वपूर्ण हुने तथा पर्यटकहरुको बसाइ लम्ब्याउन पनि प्याराग्लाइडिङले भूमिका खेल्ने बताउनुभयो ।

प्याराग्लाइडिङ खेलका प्रशिक्षक समेत रहेका सानु बाबु सुनुवारले एशियाडमा नेपालको तयारी पदकका लागि हुने बताउनुभयो । उहाँले भन्नुभयोे– “यसमा नेपालको सहभागिता मात्रै होइन हामी त्यहाँ पदकको लागि खेल्ने छौ ।” सुनुवार नेपालको टिम क्याप्टेन समेत हुनुहुन्छ भने बिमल अधिकारी पनि प्रशिक्षकको भुमिकामा रहनुहुनेछ । नेपालमा टिम क्रस कन्ट्रीमा विश्वमा ‘टप टेन’ भित्र नेपालमा ६ जना खेलाडी समेत रहेकाले एशियाडमा प्याराग्लाइडिङ लाई चासोको रुपमा हेरिएको छ । एशियाली खेलमा ४५ देशले सहभागिता जनाउने भए पनि प्याराग्लाइडिङ तर्फ ३० भन्दा वढी देशको सहभागिता रहने अपेक्षा गरिएको छ ।

Share.

Leave A Reply