प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभाका दुई तिहाई सांसद सदस्यको समर्थन प्राप्त

0

नेपालको ४३ औं प्रधानमन्त्रीको रुपमा नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका दुई तिहाई सांसद सदस्यको विश्वास मत प्राप्त गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त ओलीले संवैधानिक व्यवस्था अनुरुप आइतबार बसेको संसदको बैठकमा विश्वासको मत मागेका थिए । जस अन्तर्गत भएको मतदानमा कुल खसेको मत २६८ मध्ये प्रधानमन्त्री ओलीको पक्षमा २०८ मत पर्यो भने उनको विपक्षमा केबल ६० मत रह्यो ।
प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिनेमा प्रधानमन्त्रीको पार्टी एमाले, माओवादी केन्द्र, राजपा तथा संघीय समाजवादी फोरम, राष्ट्रिय जनमोर्चा र राप्रपा रहेका छन् ।
त्यसैगरी प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिनेमा नेपाली काँग्रेस र नेमकिपा रहेका छन् भने एक सिट रहेको नयाँ शक्ति पार्टीका सांसद डा. बाबुराम भट्टराई भने आइतबारको संसद बैठकमा नै अनुपस्थित रहे ।

Share.

Leave A Reply