क्यालिफोर्निया प्रतिनिधि
एन आर एन हेल्प डेस्की सभापति तथा एन आर एन एन सि सि यु एस् कि उपाधक्ष (पस्चिम क्षेत्र) उमा कार्की थापाले नव निर्वाचित एन आर एन एन सि सि बोर्डको सर्व सम्मतीले दिएको जिम्वेवारीलाई तत्काल कार्य सम्पादन गर्न हालै अक्टोबर १७, २०१७ मा एक प्रेश वक्तव्य मार्फत एन आर एन हेल्प डेस्कलाई पूर्णता दिनु भएको छ।
उमा कार्की थापाद्वारा प्रस्तूत हेल्प डेस्क अवधारणापत्र एन आर एन एन सि सि यु एस् ए का महासचीव बाबुराम लामा मार्फत सेप्टेम्बर २६, २०१७ मा अनुमोदन भएको जानकारी दिईेको थियो । सो अनुमोदित अवधारणा पत्र अनुसार सभापति र सदस्य सचिव सहित प्र्त्येक् क्षेत्रको न्युनतम १ सदस्य हुने गरी अधिक्तम ७ सद्सयीय केन्द्रिय समिती रहने प्राव्धान अनुसार थापाले सो NRNA HELP DESK केन्द्रिय समिती गठन गर्नु भएको हो।
त्यसै गरी सो अवधारणापत्र अनुसार राज्य तहमा त्यहाँको जनघनत्व र आवश्यकता हेरी १ राज्य सँयोजक र १ राज्य सचिव सहित अधिकतम २१ सदस्य NRNA HELP DESK राज्य समिती गठन गर्न सकिने प्राव्धान राखिएको छ। सभापति उमा कार्की थापाले केन्द्रिय समितीको गठन अमेरिका भरी रहेका एन आर एन च्याप्टर लगायत अन्य ठाउँंहरुमा पनि हेल्प डेस्क स्थापना गर्ने सन्दर्भमा यो पहिलो कदम भएको बताउँदै अब बिभिन्न च्याप्टरहरुमा एन आर एन च्याप्टर र स्थानीय संघ संस्थाहरुको सहभागीतामा हेल्प डेस्कहरु गठन गरिने र एन आर एन च्याप्टर नभएको राज्यहरुमा उपयुक्त फोकल पर्सनको सँयोजकत्वमा हेल्प डेस्कहरु स्थापना गरी सहयोग पुर्याउने स्पष्ट पार्दै अमेरिकावासी सबैको सहयोह मिल्ने विश्वास व्यक्त गर्नु भएको छ।
प्रेश वक्तव्य जस्ताको तस्तै
एन आर एन हेल्प डेस्कको प्रेस वक्तव्य October 17, 2017
एन आर एन एन सि सि को नव निर्वाचित कार्य समिती पदाधिकारीहरुको सपथ ग्रहण लगत्तै बसेको प्रथम बैठ्क त्यस पछीको अनुगमन अनुसार म उमा कार्की थापाको सभापतित्वमा एन आर हेल्प डेस्क निर्माण गर्ने सर्वसम्म्तीले निर्णय भएको स्मरण गराउन चाहन्छु। हाल बिभिन्न ठाउँहरुमा आपद विपद परीरहेको र अमेरिकावासी एन आर एन हरुको दु:ख सुखमा सहभागि भई पीडित प्रिय नेपाली दाजु भाईहरुको पिडा न्युनिकरण गर्ने हेल्प डेस्कको जिवेवारीलाई हृदयङ्ग्म गर्दै एन आर एन हेल्प डेस्क केन्द्रिय समितिलाई तत्काल पूर्णता दीई, काम सुरु गर्न पर्ने अवस्था समेत श्रीजना भएको यो परीप्रेक्षमा अरु थप ढिलाई हुनु राम्रो नहुने ठहर गर्दै हेल्प डेस्क सभापतिको हैसियतले निम्न अनुसार को एन आर एन हेल्प डेस्क केन्द्रिय समितीको घोषणा गर्दछु।
NRNA HELP DESK CENTRAL COMMITTEE
केन्द्रिय सभापति -उमा कार्की थापा
केन्द्रिय सदस्य सचीव मणी नेपाली पनेरु
केन्द्रिय कार्यकारी सदस्य – थलराज पन्त -टेक्सास
केन्द्रिय कार्यकारी सदस्य – सुमन वस्ती -इलिनोइ
केन्द्रिय कार्यकारी सदस्य – वासुदेव खनाल -कोलोराडो
केन्द्रिय कार्यकारी सदस्य – सञ्जय थापा न्यु योर्क
केन्द्रिय कार्यकारी सदस्य – विश्वमान आङ्दम्वे -जर्जिया
एन आर एन हेल्प डेस्कलाई के कसरी अगाडि बढाउने सो बारे विध्यमान अवधारणा पत्रलाई समेत आव्श्यक परीमार्जित गर्न, व्यापक सुझाव संकलन् गरी आवश्यक कदम चाल्न र हाल प्रभावित च्याप्टर हरुमा तत्काल कार्य दल गठन गरी अगाडि बढीने भएकोले सम्पूर्ण एन आर एन पदाधिकारी, संघ संस्थाका प्रतिनिधि तथा दाजु भाई दिदी बहिनिहरुलाई नव गठित एन आर एन हेल्प डेस्क केन्द्रिय समितिलाई साथ दिँदै एकता र सहकार्यको आव्हान गर्दछु।
उमा कार्की थापा
कार्यवाहक अधक्ष
एन आर एन एन सि सि यु एस् ए
सभापति एन आर एन हेल्प डेस्क