साविकको लक्ष्मीपुर गाविस सुनपुर दाङमा चलिरहेको पानी अभियानको लागि बोरिङ खन्ने काम भएको खबर सुने पछि अभियानको नारा चाडै सफल होस् र यस्तो काममा ढिलो गर्न नहुने भन्दै Delft university technology बाट MSC गरिसकेका इन्जिनियर एवम भुटनीज कम्युनिटी नेदरल्यान्ड (BCN)का अध्यक्ष नेपाली भाषी भुटानी डि पि मैनालीले रु १० हजार पानी अभियानको खातामा हालिदिएको अभियानकर्ता मित्रलाल पार्देले जानकारी गराए।
भुटानी नेपाली समुदायबाट पानी अभियानलाई सहयोग गर्ने व्यक्तिहरुमा मैनाली पहिलो व्यक्ति हो । पानी अभियानको नारा एक दिन विश्वव्यापी बन्नेछ र यो अभियान विश्वभरि प्रभावकारी हुनेछ भन्ने धारणा मैनालीले पार्दे संग व्यक्त गरे।