हरेक घरमा धारो, हरेक गाउँ सिंचाइ सुनिस्चितता नहुँदा सम्म पानी अभियानकर्ता घर नजाने

0

पानी अभियान कर्ता मित्र लाल पार्देले पानीले तड्पिएको गाउँ लक्ष्मीपुर गाविस सुनपुर दाङको ८०० परिवारको लागि जब सम्म पानी अभियानको नारा सफल हुने सुनिश्चित हुँदैन तब सम्म घर नै न आउने गरी नारा सफल पार्न पानी तपस्यामा लागेको जानकारी दिएका छन् । पानी अभियानको नारा सफल होस् भन्ने चाहना व्यक्त गर्दै हाल सम्म विभिन्न व्यक्तिहरुबाट झन्डै २७ लाख प्रतिवद्दता आई पुगेको  पनि   जानकारी उनले गराएका छन् ।

उनी पानी अभियान सम्बन्धी कसम खाँदै लेख्छन् ”  अब एक महिनापछि पानी अभियान एक वर्ष पुग्दैछ । यो अवधिमा कसैसित पनि नमागेर अभियानमा झन्डै २७ लाखको प्रतिवद्दता आइसकेको छ । अभियानको खातामा झन्डै ८ लाख पुगेको छ । समितिका सचिवजिले पनि हरेक समयमा के कति रकम जम्मा भो भनेर जानकारी गराइरहनु भएको छ । कसैले पनि सहयोग गरेको एक सुकी रकम पनि म सार्वजनिक गरिरहेको छु ।एक वर्षको अवधिमा कहाँबाट के कति रकम जम्मा भो के कति प्रतिवद्दता भो त्यो राष्ट्रिय स्तरको पत्रिकाले साथ दिएमा उक्त पत्रिका मार्फत प्रकाशित गर्नेछु । यदि त्यसो हुन नसके स्थानीय छापा पत्रिका मार्फत एवम अनलाइनमार्फत प्रकाशित गर्ने सोचमा छु । यो सोचलाई अवश्य बिभिन्न मिडियाहरुबाट साथ पाउनेछु भन्ने आशा पनि राखेको छु । म त एउटा नारा सफल पार्नको लागि तपस्या गरेको पानी यात्री हुँ । काम गर्ने कर्ता तपाईंहरु नै हो । तपाईंहरुको साथले पानी अभियान महाअभियान बन्न गैरहेको छ । मलाई पनि त मेरो घर प्रीय छ । तर कहिले काहि सामाजिक उद्देश्य पुरा गर्न त्यागको आवश्यकता पर्छ नै त्यही त्याग गरिरहेको छु । जब सम्म पानी अभियान शुरुवात भएको गाउँमा ८०० परिवारको लागि हरेक घरमा धारो र सिचाइ हुने सुनिश्चितता हुँदैन तब सम्म म घरमै आउन सक्दैन किन कि यो तपस्या हो । सामाजिक उद्देश्य प्राप्ती गर्न कसैलाई नबिगारेर कसैलाई गाली नगरेर कसैलाई नहाराएर कसैलाई जबर्जस्ती नगरेर कसैको मन नदुखाएर पनि सामाजिक परिवर्तन सम्भब छ भन्ने सामाजिक प्रयोग हो पानी अभियान । झन्डै ५० लाख जुटिसकेपछि काम पनि शुरु गर्नु पर्ने हुन्छ । सरकार अझै चुप छ सरकार चुप लागोस् त्यसमा पनि भन्नु केही छैन । तर हे मेरो देशको सरकार किन हामीलाई नेपाल विश्वको दोश्रो जलश्रोतको धनी देश भनेर पढाईयो ? मरुभुमी  देशहरुमा घर घर धारा हुन सक्ने घर घर पानी हुन सक्ने तर पानीको धनी देशमा पानीले तड्पिनु पर्ने युग कहिले बन्द गर्छौ सरकार ? मंगल् ग्रहमा वस्ती बसाल्छु भन्नेहरु हो मंगल् ग्रह होइन यही धर्तिमा बस्ती बसेको धर्तिमा हरेक घर धारो हरेक गाउँ सिंचाइ निर्माणमा लाग यो धर्ती कति सुन्दर हुन्छ । हे सधैं बन्दुक र गोली बोकेर समाज परिवर्तन गर्छु भन्ने हरु हो एक पटक युगले जित्ने पानी अभियानको नारा सफल पार्न अगाडि बढ । नारा सफल पारे पछि लडे पनि लडौला तर लड्नै पर्ने छैन । हामीलाई मरेपछि स्वर्गको बयान गर्ने किताब होइन हामीलाई त जिउदै भाईचारा प्रेम मानवतामा बाँच्न सिकाउने बिचार चाहिएको छ । हामीलाई शहिद बनाएर आफु मस्तिमा रमाउने संस्कारको बिकास होइन हामीलाई त बनस्पति देखि यो दुनियाँ सबैलाई तिर्खा मेटाउने पानी चाहिएको छ । युद्दमा पर्‍योग गरिने सेनाहरु भत्ता दिएर मात्र राख्ने होइन गैती बोकेर पानी अभियानको नारा सफल पार्न कुदाउने हो । गरे सम्भव छ । धेरै वर्ष देशले पिडा पाएकै हो । मात्र अब १० वर्ष स्वस्फुर्त अभियानको नारा सफल पार्न जुटौ । बिचार लिएर जुटौ । गैति लिएर जुटौ निर्माण बोकेर जुटौ विनाश होइन बिकास बोकेर हिडौ । जात छोएर होइन , कुर्सी छोएर होइन , पदमा बसेर मात्र होइन स्वस्फुर्त जन्म्भुमी धर्तिको माटो छामेर अगाडि बढौ, हामी सफल हुन्छौ । अर्को ग्रहमा वस्ती बसाल्ने आट गर्ने हामी मान्छेहरु यो पानी अभियानको नारा पुरा गर्न कुनै गार्हो छैन है । मात्र सकारात्मक संकल्प बोकेर अगाडि बढे पुग्छ । मात्र १० वर्ष । युगले जित्ने अभियान , युगले प्यास मेट्ने अभियान ।।।।।। फेरि जन्म भुमी पवित्र भुमीको माटो छोएर यो कसम खान्छु कि ” पानी अभियान शुरु भएको गाउँ ८०० परिवारको लागि ” जब सम्म हरेक घरमा धारो ,हरेक गाउँमा सिंचाइ नारा सफल हुने सुनिश्चितता हुँदैन तब सम्म म प्रीय घर आउने छैन । मेरो पानी तपस्यालाई हरेक व्यक्तिहरु पत्रकार ,बुद्दिजिवी ,आम नागरिक , राजनैतिक दल एवम हरेक संघ संस्थाहरु स्वस्फुर्त साथ दिएर नारा सफल पारिदिन बिशेष भूमिका खेल्नुहुनेछ भन्ने आशा एवम भरोसा राख्दै पानी अभियानको नारा सफल पार्न लागि पर्ने कसम खान्छु । ” हरेक घरमा धारो होस् , हरेक गाउँ सिंचाइ होस् । ” जय पानी अभियान ।

Share.

Leave A Reply