३१ जुलाई २०१६, कोपेनहागान। गैर-आवासीय नेपाली संघको नवौं यूरोपेली क्षेत्रीय बैठक र सातौं यूरोपेली महिला सम्मेलनको दोस्रो दिन आज विषयगत छलफलहरु संचालन भयो। छलफलमा ब्यापार र लगाणी प्रवर्धन, पर्यटन प्रवर्धन, परोपकारी कार्य, एनआरएनए नागरिकता र एनआरएनएको विधान गरी पाँचवटा विषयहरुमा समुहगत छलफल चलाईएको थियो। कार्यक्रमको अन्त्यमा समुहगत छलफलका अध्यक्षहरूले छलफलमा प्राप्त सुझाव र सल्लाहहरु प्रस्तुत गरे। कार्यक्रमको सञ्चालन गैर-आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदका सल्लाहकार, विधान समितिका अध्यक्ष एवं पूर्व प्रवक्त्ता डा. हेमराज शर्मा ले गरेका थिए।
पर्यटन प्रवर्धनका लागि दश भाषामा सुचनामूलक वेवसाईट निर्माण गरिने : भवन भट्ट
नेपालको पर्टन क्षेत्रले नेपालको अर्ततन्त्रको महत्वपूर्ण पक्ष हो। पर्यटन प्रवर्धन विषयक छलफलको अध्यक्षता संगका उपाध्यक्ष भवन भट्टले गरेका थिए। छलफलमा आफ्नो विचार राख्दै उपाध्यक्ष भट्टले नेपालको पर्यटन विकासका लागि नेपाल पर्यटन बोर्डसंगको सहकार्यमा “अतिथि देवो भव:” नामक योजना संचालन गरिने बताएका छन्। यसैक्रममा उनले भने, “पर्यटन प्रवर्धनका लागि दश भाषामा सुचनामूलक वेवसाईट र डिजिटल प्ल्याटफर्म तयार गर्ने बताएका छन्।“ पर्यटन प्रवर्धनका लागि नेपाल सरकारलाई संरचना निर्माण लागि नेपाल सरकारलाई अनुरोध गर्ने बताए।