पेरिसमा हुने १३औ नेपाल महोत्सवको तयारी पूरा भयो

0

हरिहर अर्याल, पेरिस फ्रान्सको राजधानी पेरिसमा हरेक बर्षको जुन महिनामा नेपाल महोत्सव एवं मेला हुदै आइरहेको   यस बर्षको १३ महोत्सव आगामी जुनको का दिन हुन गइरहेको सन् २००२ मा स्थापना भएको नेपाली सांस्कृतिक गृह (Maison Culturelle du Nepal) नामक नेपाली मैत्री संघले यो मेलाको आयोजना गर्दै आएको मेला आयोजनाको प्रमुख उधेस्य हरुमा; बुद्धको जन्म भूमि सगरमाथाको देश नेपाललाई चिनाउनु, विभिन्न कलाकौशल सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेर नेपालको बिबिध कला संस्कृतिको पहिचान गराउनु, नेपालवाट झिकाएका हस्तकला, मूर्तिकला  तथा पोशाकहरु बिक्रि गरेर नेपाली घरेलु उद्योगलाई सहयोग गर्नुमेला स्थलमा नेपाली दाल भात सहित विभिन्न नेपाली परिकारहरु तयार गरेर बिक्रि गरि नेपालको खानाको स्वाद चखाउनु, नेपालको कला, संस्कृति, पर्यटन , पुरातत्व आदिका ज्ञाताहरुद्वारा बिबिध बिषयमा प्रवचन (conference) गराई नेपाल चिनाउनु नेपालमा पर्यटन प्रबर्धन गर्न सहयोगी हुनु रहेकोछ यी सबै उधेस्यहरुको साथ यस्ता कार्यक्रमहरु गर्दै आर्थिक कोष खडा गरेर पेरिसमा आफ्नै नेपाली घर किन्ने वा निर्माण गर्ने संघको प्रमुख उधेश्य रहेको

नेपाल महोत्सव पेरिस महानगरको १२ वडामा अवस्थीत रमणिय (Bois de Vincennes) भाँसेन बगैचा भित्र आयोजना हुनेछ यो विशाल बगैचा भित्र विभिन्न ताल तलैयाहरु, फूलहरु, बोट बृक्षहरु, चराचुरुंगीहरुको कृडा स्थल, मनोरन्जनका विभिन्न साधनहरु को साथै फ्रान्सको  बौध समाजले स्थापना गरि संचालन गरेको बुद्धको गुम्बा परिसर पनि झन्डै / हेक्टर जमिन क्षेत्रफल भएको गुम्वा परिसर आफैमा ठूलो भने गुम्वा (मन्दिर) मा संभवत युरोपकै भीमकाय बुद्ध भगवानको ध्यान मुद्राको सुनौला मूर्ति स्थापना भएको फ्रान्सका बौध मार्गीकोलागि यो गुम्वा महत्वपूर्ण तिर्थ स्थल हो यो परिसरमा हप्रान्तरमा प्राय: सधै एक एक मेला तथा मेलाको आयोजना भइरहेको हुन्छ पेरिस भित्रको यति सुन्दर महत्वपूर्ण तीर्थ स्थलमा नेपाली मेला आयोजना गर्न पाउनु हामी नेपालीकोलागि गौरबको कुरा हो

मेलाको कार्यक्रम जुनको शुक्रबार साँझबाट प्रारम्भ भई आइतवार राती समाप्त हुने गरेकोछ मेलामा नेपाली राजदूतावास लगायत फ्रान्सका नेपाली मैत्रीसंघहरु अन्य तीसौ संघ संस्थाले आफ्नो स्टल राखेर पेरिसको ठूलो जनसमुदाय आगन्तुकलाई आफ्नो संघ संस्थाको कृयाकलापको जानकारी दिदै संघ संस्थाको कोष वृद्धिकोलागि राखिएको सरसामान बिक्री गर्दछन् आयोजक संघले मेला स्थलमै नेपाली खानको साथै जिलेवी , सेल , पकौडा, मम आदि तयार गरेर बिक्री गर्ने परम्परा बनेको मन्दिर परिसर भित्र भव्य मन्चमा नेपालको हिमाल, पहाड, उपत्याका तराईका बिभिन्न नेपाली लोक सांस्कृतिक नृत्यहरु अटुटरुपमा संचालन भइरहेको हुन्छ भने नेपाली पुरातत्व, कला, संस्कृति, प्राकृतिक सम्पदा प्रयटनका विज्ञहरुद्वारा दशौ विषयमा प्रवचन पनि गरिनेछ नेपाली ध्वजा पतका झन्डाले सिंगारिएको मेला स्थलमा नेपाली विविध संगीतका स्वर धूनले जो कोही पदयात्रीलाई  पनि प्रवेश गर्न आकर्षक पार्दछ   मेलाको दिनमा ५००० पाँच हजार दर्शक हुने अपेक्षा गरिएको मेलाको प्रवेश शुल्क केवल .५०/-  युरो हुने गरेकोछ मात्रीभूमि नेपाल नेपालीकै हितकोलागी संचालित यो मेला सफल बनाउन नेपाली सांस्कृतिक गृह पेरिस फ्रान्स, सम्पूर्ण  नेपाली   फ्रेन्च मित्रहरुलाई हार्दिक अनुरोध गर्दछ साथै मेलामा भाग लिन फ्रान्स युरोपका नेपाली दाजु भाइ दिदी वहिनीहरुलाई आमन्त्रण गर्दछ
थप जानकारीको लागि  :
www.maisonculturelledunepal.com
maisonculturelledunepal@gmail.com

0033(0)618087751
 हेमन्त उपाध्यासंग सम्पर्क गर्न सक्नुहुनेछ

Share.

Leave A Reply