पुननिर्माणका लागि सरकार गम्भिर रहेको प्रधानमन्त्रीको भनाई

0

प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्माणका लागि सरकार गम्भीर रहेको बताउनुभएको छ । नेपाली काँग्रसका भातृसंगठनरु नेपाल महिला संघ, नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले आज कालोबजारी र भ्रष्टाचार नियन्त्रण तथा भूकम्पको पुनःनिर्माण तत्काल गर्नुपर्ने लगायत माग राख्दै बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले कालोबजारी र भ्रष्टाचार नियन्त्रणका लागि सरकारले सरोकारवालाहरुसँग छलफलमा जुटेको स्पष्ट पार्नुभयो ।

सरल विधिबाट सरकार अहिलेको समस्याको समाधानमा लागेको उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले सरकारले जति तीव्रताका साथ काम गर्नुपर्ने हो त्यो गर्न नसकेको स्वीकार्दै वर्तमान समस्याको समाधानका लागि सरकार सक्रिय भएर लाग्ने विश्वास दिलाउनुभयो । प्रधानमन्त्री ओलीले नाकाबन्दी नरहेका बेला पनि इन्धन र ग्यासको आपूर्ति असहज हुने कुरा सरकारलाई सह्य नभएको स्पष्ट पार्नुभयो । सरकारले तस्करीलाई प्रश्रय दिन कानुन परिवर्तन ग¥यो भन्ने कुरा गलत भएको बताउँदै प्रधानमन्त्री ओलीले कुनै पनि कानुन परिवर्तन र अध्यादेश जारी गर्दा प्रतिपक्षी दलसँग छलफल गरेर अगाडि बढ्ने स्पष्ट पार्नुभयो ।

Share.

Leave A Reply