राष्ट्रिय पत्रकारिता दिवस मूल समारोह समितिले दिवसलाई तीन दिनसम्म देशव्यापीरुपमा मनाउने निर्णय गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयमा आज बसेको बैठकले आउँदो वैशाख २३, २४ र २५ गतेसम्म दिवस मनाउने निर्णय गरेको हो । बैठकमा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले राष्ट्रिय पत्रकारिता दिवसको ऐतिहासिक महत्व भएकाले कार्यक्रमलाई भव्य बनाउन सबैलाई आग्रह पनि गर्नुभयो । मन्त्रिपरिषद्को गत माघ २० गतेको निर्णयले गोरखापत्र प्रकाशनको मिति वैशाख २४ मा दिवस मनाउने निर्णय गरेको थियो ।
मन्त्रालयका सचिव दिनेशप्रसाद थपलियाले दिवसलाई ३ दिनसम्म्म आयोजना हुने आ आफ्ना कार्यक्रम वैशाख १० गतेभित्र पेस गर्न सबै निकाय र संस्थालाई आग्रह गर्नुभएको छ ।