काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको साताव्यापी भ्रमण सकेर आज स्वदेश फर्किंदै हुनुहुन्छ । भ्रमणको अन्तिम दिन आज प्रधानमन्त्री ओलीले चिनियाँ परिषद्, छेन्दुको कार्यक्रममा सम्बोधन गर्नुहुनेछ ।
सिचुवान विश्वविद्यालयमा सम्बोधन र चिनियाँ अधिकारीहरुसंग भेटघाट सकेर काठमाण्डु फर्किने कार्यक्रम रहेको छ । प्रधामन्त्री ओली अपरान्ह ४ बजे हिमालय एयरलाइन्सको जहाजबाट काठमण्डौ आइपुग्नु हुनेछ । चीनमा रहँदा राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली खछ्याङलगायत उच्चस्तरीय राजनीतिक भेटघाट गरेका प्रधानमन्त्री ओलीले चीनको वभिन्न प्रान्त र शहरको पनि अवलोकन भ्रमण गरेको थियो ।
भ्रमणकै क्रममा नेपाल–चीनबीच दश पारबहान लगायत बुँदे सम्झौता भएको थियो । बेइजिङपछि बोआओ फोरममा सम्बोधन गर्न हेनान पुगेका प्रधानमन्त्री ओलीले त्यसपछि भूकम्पबाट प्रभावित क्षेत्रको पुनर्निर्माण स्थल र जिपिङपुस्थित ७७० मेगावाटको जलविद्युत् आयोजना अवलोकन गर्नु भएको थियो । हेनानपछि सान्या, सियान र छेन्दु पुगेका प्रधानमन्त्री त्यहाँबाट सीधै चार्टर विमानमा काठमाण्डु आउने उहाँको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै
0
Share.