कांग्रेसको १३ औं महाधिवेशनको बन्द सत्र समाप्त, नीति तथा कार्यक्रम पारित

0

nc2
राजधानीमा जारी नेपाली कांग्रेसको १३ औं महाधिवेशनको बन्द सत्र बेलुकी सकिएको छ ।
शनिबार बेलुकी सकिएको बन्दसत्रले १३ औं महाधिवेशनमा प्रस्तुत नीति तथा कार्यक्रम पारित गरेको छ । अब नयां कार्यकालका लागि नेतृत्व चयन अन्तर्गत आईतबार मतदान हुने निर्वाचन समितिले जनाएको छ । महामन्त्रीको प्रतिवेदनका साथै नीति तथा कार्यक्रम पारित भएको जानकारी गराउंदै कार्यवाहक सभापति रामचन्द्र पौडेलले बन्द सत्र सकिएको घोषणा गर्नु भएको थियो ।
निर्वाचन कार्य तालिका अनुसार आइतबार बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म मतदानको समय तोकिएको छ । साथै मतदान सकिए लगत्तै मतगणना शुरु गरिने पनि समितिले जनाएको छ । नेपाली कांग्रेसको सभापति चयन हुनका लागि कूल खसेको मतको ५१ प्रतिशत मत प्राप्त गर्नु पर्ने प्रावधान रहेको छ । ५१ प्रतिशत मत कुनै पनि उम्मेदवारले प्राप्त नगरेको अवस्थामा दोश्रो चरणको मतदान गरिने प्रावधान रहेको छ ।
पहिलो चरणको निर्वाचनबाट सभापति चयन नभएर दोश्रो चरणको मतदान गर्नु परेमा अन्य पदाधिकारीहरुको मतगणना भने स्थगित हुनेछ ।

Share.

Leave A Reply