राजधानीमा जारी नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ६३ जनाले आफ्नो उम्मेदवारी दिएका फिर्ता लिएका छन् ।
६३ जनाको उम्मेदवारी फिर्ता पछि अब ६१ केन्द्रीय सदस्यका लागि ३१२ जनाका बीच प्रतिस्पर्धा हुने भएको छ । महाधिवेशन निर्वाचन समितिले शनिबार मध्यान्हसम्म उम्मेदवारी फिर्ता लिने समय तोकेको थियो ।
हिजो सम्पन्न उम्मेदवारी दर्ता अनुसार नयां कार्य समितिमा ६१ जना केन्द्रीय सदस्य पदका लागि ३७५ जनाको उम्मेदवारी परेको थियो । त्यसैगरी केन्द्रीय सभापति पदका लागि ३ जना, महामन्त्रीका लागि ३ जना र कोषाध्यक्षका लागि ४ जनाको उम्मेदवारी परको छ ।
नेपाली कांग्रेसका ६३ जनाद्वारा उम्मेदवारी फिर्ता
0
Share.