२७ फेब्रुवरी २०१६, स्विटजरल्याण्ड। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले वि.सं. २०७२ फाल्गुन १४ गते एक सूचना जारी गर्दै तत्कालका लागि भूकम्प प्रभावितलाई पूर्व स्वीकृति बिना आवासीय घर बनाउन रोक लगाइएको जनाएको छ। अब बन्ने आवास सुरक्षित र भूकम्प प्रतिरोधी हुनुपर्ने भएकाले सरकारको प्राविधिक सहयोग र समन्वयमा निर्माण गर्न प्राधिकरणले तत्काल व्यक्तिगत आवासीय भवन बनाउन प्रतिबन्ध लगाएको जनाएको हो।
जथाभावि रकम वितरण नगर्न निर्देशन
त्यसैगरी पुनर्निर्माण प्राधकिरणले संघसंस्थालाई प्रभावितका लागि जथाभावी सहयोग रकम वितरण नगर्न भनेको छ। ‘पुनर्निर्माण र पुनस्र्थापनाको कार्यमा गैरसरकारी संस्थाको सहयोग परिचालन गर्ने सम्बन्धी छुट्टै कार्यविधि पनि प्राधिकरणले तयार गरिरहेको छ’ सूचनामा भनिएको छ, ‘प्राधिकरणको पूर्व स्वीकृति बिना व्यक्तिगत घर निर्माण र रकम वितरण गर्नु प्रचलित कानून र नीति विपरित हुने भएकाले रोकेर प्राधिकरणमा सम्पर्क गर्न आग्रह गरिन्छ।’
भवनहरुको प्राविधिक पक्षलाई सुनिश्चित गर्न यस्तो सूचना निकालेको प्राधिकरणका प्रवक्ता सुरेश अधिकारीले बताए ।’हामीले गैरसरकारी संस्थाको संलग्नतालाई व्यवस्थित गर्न खोजेका हौं । सधैलाई रोक लगाउने प्राधिकरणको मनसाय होइन’ उनले भने। यसैगरी पुनर्निर्माण प्राधिकरणले नीतिगत व्यवस्था गरी पुनर्निर्माण तथा पुनस्र्थापनाको काम अघि बढाउन लागेको जनाएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफ्नो वेवसाईटमा प्रकाशित गरेको सुचना: