रत्ननगर, ६ फागुन
गोरखा जिल्लाको दरबुङ गाबिसमा बि.स. २०१२ सालमा स्थापना भएको बिद्यालय भवन बैशाख १२ को महाबिनासकारी भुकम्पले पुर्णतया क्षति भएपछि पुर्ननिर्माण कार्यको लागी सहयोग जुटाउन उक्त बिद्यालयका अगुवाहरु दरबुङ गाउँबाट बसाई सरि चितवन झरेका पुर्व दरबुङ्गेहरुको घरघरमा चहारी रहेका छन ।
टोलिमा उक्त बिद्यालयका पुर्व प्र.अ. छबिलाल जोसी, निवर्तमान प्र.अ. बिमल प्रसाद अधिकारी, बिध्यालय ब्यवस्थापन समितीका अध्यक्ष घन बहादुर थापा, शिक्षक कमल नारायण श्रेष्ठ, सदस्य रत्नमान श्रेष्ठको टोलि आजदेखि ४ दिनका लागी रत्तनगरको शान्तिचोकबाट घरदैलो अभियानमा जुटेका हुन ।
अभियान तत्कालिन दरबुङ गाउँ पञ्चायतका प्रथम प्रधानपञ्च छबिलाल घिमीरेको शान्तिचोकस्थित निवासबाट सुरु गरिएको छ । टोलिको पिठुवा, माधबपुर, जुटपानी, सौरहा, सुब्बाचोक, बेल्सी, रत्ननगर कै लौरिघोल नजिकै रहेको सानो दरबुङ टोल, भरतपुरको बुद्धचोकमा रहेको दरबुङ्गे मगरहरुको बस्ती लगायतका ठाउँमा पुग्ने योजना रहेको अध्यक्ष घनबहादुर थापाले जानकारी दिनुभयो । २०१२ सालमा स्थापना भएको बिद्यालयले चैत्र अन्तिम साता हिरक महोत्सव मनाउँदै छ ।
र आगामी शैक्षिक सत्रबाट उच्च मा.बि. सञ्चालन गर्ने योजना रहेकोले सो हिरक महोत्सवको अवसर पारेर सहयोग कबुल गर्ने कार्यक्रम राखिएको र त्यसैको सुरुवाता स्वरुप घरदैलो अभियान सञ्चालन गरिएको थापाले बताउनुभयो ।
टोलि आज दरबुङबाट बसाई सरि आउनु भएका केपिकिरण शर्माले सञ्चालन गर्नुभएको गामबेशीको चेपाङ संरक्षण केन्द्रको समेत अवलोकन गर्न पुगेको थियो ।
भूकम्पबाट भत्किएको बिद्यालयलाई सहयोग जुटाउँदै गोर्खेली
0
Share.