देशको सम्मान र गरिमा उच्च रहने गरी प्रस्तुत हुन प्रधानमन्त्री ओलीको आग्रह

0

kp-sharma-oli
छिमेकी मुलुक भारतको आसन्न भ्रमणका क्रममा देशको सम्मान र गरिमा उच्च रहने गरी प्रस्तुत हुन प्रधानमन्त्री के.पी. ओलीले आफ्ना भ्रमण दलका सदस्यहरुलाई आग्रह गर्नु भएको छ ।
प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणका बेला दुई देशबीचको बिग्रीएको सम्बन्धलाई समझदारीमा फर्काउने विषय नै आफ्नो प्राथमिकतामा रहेने बताउनु भएको छ ।
प्रधानमन्त्री ओलीले पछिल्लो घटनाक्रम र राजनीतिक अवस्थाका कारण भारतले आफ्नो भ्रमणलाई विशेष महत्वका साथ हेरेकोे हुनाले आफ्नो भ्रमणले दुई देश बीचको सम्बन्ध सुधारमा नयाँ आयाम थपिने विश्वास समेत व्यक्त गर्नु भयो ।
शुक्रबारदेखि हुने प्रधानमन्त्रीको भारत भ्रमणको तयारी अन्तिम चरणमा पुगेको उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रिी कमल थापाले जानकारी दिनुभयो ।

Share.

Leave A Reply