दमौली, १३ माघ ।
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले पार्टी सभापतिमा उम्मेद्वारी दिन यसपालि कुनै पनि हालतमा खुट्टा नकमाउने स्पष्ट पारेका छन ।
रिपोर्टस क्लब नेपाल तनहुं शाखले बुधबार दमौलीमा आयोजना गरेको साक्षात्कारमा उनले, ‘ यसपटकको महाधिवेशनमा कुनै शक्तिले पनि मलाई पार्टी सभापति हुनबाट रोक्न सक्दैन ।’ भन्ने दाबी गरे ।
महाधिवेशनमा संघिय संरचना अन्तर्गत पदहरु सृजना गरिने पनि बताउंदैन संविधान कांग्रेसकै नेतृत्वमा बनेकोले यसको कार्यान्वयन प्रक्रियालाई पनि पार्टीले नै अघि बढाउने बताए ।
शाखा अध्यक्ष मदन वाग्लेको सभापतित्वमा भएको साक्षात्कारमा उनले महाधिवेशनको विषयमा आशंका नगर्न आग्रह गर्दै महाधिवेशन निर्धारित समयमै हुने विश्वास ब्यक्त गरे ।
मधेशी मोर्चाहरु असन्तुष्ट हुंदाहुंदै संविधान संशोधन गरियो नि के यसले निकास ल्याउला त भन्ने सञ्चारकर्मीको जिज्ञासामा पौडेलले मधेशीका अधिकांश माग समेटिएकाले अब उनीहरुले आन्दोलन फिर्ता लिनुपर्ने बताए ।
कुनै पनि शक्तिले मलाई पार्टी सभापति हुनबाट रोक्न सक्दैनः पौडेल
0
Share.