मधेशी मोर्चाका नेता एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सबै पक्षको सहमति बेगर एकतर्फी रुपमा गरिएको संविधान संशोधनलाई आफूहरुले नमान्ने बताएका छन् ।
नेपालको संविधान २०७२ को पहिलो संशोधन भएको केही दिनपछि मंगलबार बिराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यादवले उक्त भनाई सार्वजनिक गरेका हुन् । सम्मेलनमा बोल्दै यादवले मोर्चाको आन्दोलन अझ सृदृढ र सशक्त बनाउन संघियता पक्षधरहरु सबैसंग मिलेर अझै बृहत मोर्चा निर्माणको प्रक्रियामा रहेको खुलासा गरे । साथै उनले मधेशी मोर्चाका माग पूरा नभएसम्म मोर्चाको आन्दोलन नरोकिने पनि बताए । सोही कार्यक्रममा बोल्दै यादवले कालोबजारीयालाई प्रोत्साहन दिईरहेको वर्तमान सरकार मधेशी जनताका मागहरुप्रति गम्भीर नभएको आरोप समेत लगाए ।
संविधान संशोधन अमान्यः यादव
0
Share.