मान बहादुर के.सी., यूएई। नेपाली कलाकार समुह (NAG) यूएई र गैर आवासीय नेपाली संघ (NRNA) फुजैराह क्षेत्रीय समितीले सयुक्त पहल गरेर यूएईको फुजैराह प्रान्तबाट लामो समयदेखि एप्लास्टिक एनेमिया (bone marrow failure disease) रोगबाट पीडित सोलुखुम्बु जिल्ला छेस्कान गा.बि.स. वार्ड न-८ निवासी रूद्र कुलुङको उपचारका लागि आर्थिक सहयोग गरेको छ।
३ वर्षीय रूद्र कुलुङको उपचारका लागि रु, १,३५,००० ( एक लाख पैतिस हजार रुपैया ) रूद्र बचाउ अभियान समिति काठमाडौंमा पठाईेएको नेपाली कलाकार समुह (NAG) यूएईका महासचिब मान बहादुर के.सी. ‘मुस्कान’ले हामीलाई जानकारी दिए ।
नेपाली कलाकार समुह (NAG) यूएईका सचिब बिबस सुनुवारको सकृयातामा र दुईटै संस्थाका पदाधिकारीहरुको अथक मेहनतबाट उक्त आर्थिक सहयोग रकम जुटेको थियो।
नेपाली कलाकार समुह (NAG) यूएईका अध्यक्ष बिष्णु अधिकारी र गैर आवासीय नेपाली संघ (NRNA) फुजैराह क्षेत्रीय समितीका कार्यबाहक अध्यक्ष सागर लुइँटेलले सहयोगी हातहरु प्रति हार्दिक आभार प्रकट गर्दै आउदा दिनमा पनि एक आपशमा मिलेर हातेमालो गर्दै फुजैराहमा NAG र NRNA ले सयुक्त रुपमा दु:खी पीडितहरुलाई सकिदो सहयोग गर्ने र नेपाली कला साँस्कृतिको जगेर्ना गर्ने कामलाई निरन्तरता दिरहने बताउनु भएको छ ।