बेर्न टिमलाई जुरीख रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि

0

जुरीख। जुरीख नेपाली स्पोर्टस क्लब स्विट्जरल्याण्डको आयोजनामा जुरीख रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि बेर्न नेपाली समाजको टिमले जितेको छ। यही १५ तारीख आइतवारको दिन जुरीखमा भएको फाइनल खेलमा बेर्न टिमले सोलु शेर्पा टिमलाई हराउँदै उपाधि हात पारेको हो।

प्रतियोगिताको विजेता बेर्न टिमले रनिङ शिल्ड, नगद, मेडल र प्रमाणपत्र उपविजेता सोलु शेर्पा टिमले नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

प्रतियोगितामा बेर्न टिम, सोलु शेर्पा टिम, बासेल टिम र जुरीख स्पोर्टस क्लब टिमको सहभागिता रहेको थियो।

जुरीख नेपाली स्पोर्टस क्लब स्विट्जरल्याण्डका अध्यक्ष लोकेन राना मगरले कार्यक्रममा सहभागी भै कार्यक्रम सफल बनाई दिनु भएको मा उपस्थित सबै लाई धन्यबाद ज्ञापन गर्दै यही आउदो २७ अक्टोबर मा अष्ट्रियामा हुन गईरहेको युरोपस्तरीय भलिबल प्रतियोगिताका लागि स्विट्जरल्याण्डबाट खेलाडीहरु छनोट गर्ने र खेलाडीहरु लाई अष्ट्रिया जान आउने र खानाको व्यवस्था जुरीख नेपाली स्पोर्टस क्लब स्विट्जरल्याण्डले गर्ने जानकारी गराए।

कार्यक्रममा उपस्थित सबै जनाका लागि क्लबले निःशुल्क खाजा खानाको व्यवस्था गरेको थियो।

Share.

Leave A Reply