एनआरएन स्विट्जरल्याण्डको आयोजनामा तीज मनाइयो

0

बेर्न। स्विट्जरल्याण्डमा रहेका नेपाली दिदी बहिनीहरूले धित मर्ने गरी नाचगान र हर्ष उल्लासका साथ तीज मनाएका छन्। गैर आवासीय नेपाली संघ महिला फोरम स्विट्जरल्याण्डको आयोजनामा बेर्नमा शनिवार तीज विशेष कार्यक्रम सम्पन्न भएको हो।

श्रीमती ज्योती रिजाल सुवेदीले कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डले आयोजना गरेको तीज कार्यक्रममा उपस्थित हुन पाउँदा खुसी व्यक्त गरिन्। श्रीमती ज्योती रिजाल सुवेदी नेपाली राजदूतावास स्विट्जरल्याण्डका लागि राजदूत राम प्रसाद सुवेदीको श्रीमती हुन्।

एनआरएनए स्विट्जरल्याण्डको मातहतमा सम्पन्न कार्यक्रममा नेपाली लोक दोहोरी गायिका दुर्गा गुरुङ्ग र गायक कुमार पुनको जोडदार प्रस्तुति रहेको थियो।

एनआरएनए स्विट्जरल्याण्डकी आईसीसी सदस्य शुभ एल्मर लामाले तीज किन र कसरी मनाईन्छ भन्ने बारे चर्चा गरीन्।

कार्यक्रममा महिला फोरम स्विट्जरल्याण्डकी संयोजक चम्पा ज्ञवाली रुकस्टुले उपस्थिति सबैलाई मन्तब्य मार्फत स्वागत गरेकी थिइन्।

तीजको अबसरमा सहभागीहरुलाई आयोजकले दरको समेत ब्यबस्था गरेको थियो।

Share.

Leave A Reply