टिकादाश श्रेष्ठ। २०७६ साल कार्तिक १५ गते शुक्रबारका दिन करिब ३:३० वजे गौशाला चोकमा गौशालाका ट्राफिक प्रहरी इन्स्पेक्टर दुर्गाप्रसाद श्रेष्ठ डिउटीमा खटिएका थिए । सोही समयमा नेपाल स्वीस डटकम अनलाइनका प्रधान सम्पादक तथा होटल तथा पर्यटन व्यवसायी संघ प्रदेश नं. ३ का महासचिव दामोदर नेपाल र उनका सवारी चालक गौशाला चोकमा रहेको आफ्नो सबारी पार्किङ स्थलतर्फ जान अगाडि बढिरहेका थिए । पार्किङ स्थल प्रवेश गर्ने मोडमा पुरानो बानेश्वरतर्फ जाने दुई वटा टेम्पो यात्रु कुरेर रोकिरहेका थिए भने तिनै टेम्पोसँगै ट्राफिक प्रहरी इन्स्पेक्टर श्रेष्ठ उभिरहेका थिए । टेम्पोले पार्किड. स्थल जाने बाटो पूर्ण रुपमा छेकेका थिए । सोही समयमा पार्किड. स्थल तर्फ जान लागेको उक्त सबारीले गाडी मोड्ने स्थानमा बाटो नपाएपछि मूल सडक मै रोकिनु परेकाले पछाडिका सवारी साधनहरु समेतलाई अवरोध पुगेपछि चालकले हर्न बजाउँछन् । त्यसपछि दामोदर नेपाल चढेको उक्त सवारी साधानमाथि सँगै उभिईरहेका ट्राफिक प्रहरी इन्स्पेक्टर हर्न किन बजाएको भन्दै एक्कासी जाई लाग्छन् । त्यसपछि दामोदर नेपाल गाडिबाट ओर्लन्छन् र आफ्ना चालकलाई गाडी साईड लगाउन लगाउँछन् अनि ट्राफिक प्रहरी निरीक्षकलाई पार्किड. स्थल जाने बाट टेम्पोले अवरोध गरेको र पछाडि अन्य सबारी साधन समेत जाममा परेकाले हर्न बजाउनु परेको हो भन्दा उल्टै ‘ओइ त महाराजा होस् ? तेरा लागि बाटो खालि राखिदिनुपर्ने’ भन्दै प्रहरी इन्स्पेक्टरले उदण्ड रुप देखाउँछन् । नेपालले आफ्नो सबारी चालकले गल्ती गरेको नभई बाटो जाम भएकोले हर्न बजाउन बाध्य भएको हो तर तपाईँ टेम्पोले बाटो छेकेर रोकिरहेको स्थानमा आफैँ उभिरहँदा पनि टेम्पोलाई कारबाही गर्नुको साटो निर्दोश सबारी चालकलाई कारबाही गर्ने कुरा किन गर्नुहुन्छ भनेर प्रश्न गर्दा तेरो चालकले हर्न बजाएकोले कारबाही गरेरै छाड्ने चेतावनी दिँदै चालकको कागजात थुत्न पुग्छन् तर मोडमा यात्रु चढाएर बाटो बन्द गर्ने टेम्पोलाई प्रहरीले कुनै कारबाही नै नगरी छोडिदिन्छन् । त्यतिमात्र होइन प्रहरी निरीक्षक श्रेष्ठले नेपालसँग ठूलो ठूलो स्वरमा कराउँदै सिपाहीसँग चिट मागेर आफैले ५०० देखि १५०० सम्मको जरिवानामा टिक लगाएर चिट थमाइदिन्छन् । प्रहरी इन्स्पेक्टरको उक्त रबैया देखेर घटनाका प्रत्यक्षदर्शी सर्वसाधारण उनलाई सम्झाउन बुझाउन सक्ने आँट नै कसैले गर्न सक्दैन र उनी कसैको पनि कुरा नै सुन्न चाहँदैनन् । चिट थमाएपछि त्यहाँ जम्मा भएका गौशाला चोकका केही व्यवसायीहरु उक्त गाडीको गल्ती होइन बरु ट्राफिक प्रहरी निरीक्षकले नै गल्ति गरेको हो भनि उनै प्रहरी नीरीक्षकलाई सम्झाउन खोज्छन् तर कसैको केही लाग्दैन । दामोदर नेपाल भने मेरो गाडिलाई पार्किङस्थलतर्फ जान रोक्ने टेम्पोलाई किन कारबाही नगरी छोड्नुभयो भन्दै पछाडि थप गाडि जाम भएकाले आपूmले मोड पार गर्नका लागि संकेत गर्न हर्न बजाएको उल्लेख गर्छन्।
लामो समयसम्म पनि प्रहरीको उग्र रुप शान्त नभएपछि प्रहरीको उग्र स्वभाव हेरिरहेका दर्शकहरु तथा व्यापार व्यवसायी संघ तथा होटल व्यवसायी संघका पदाधिकारीहरु समेतले ट्राफिक प्रहरीले गल्ति गर्ने टेम्पोलाई कारबाही नगरी मोड्न चाहने सवारीलाई कारबाही गरेर गल्ति गरेको विषयमा सम्झाउन खोजेपछि भने बल्ल ट्राफिक प्रहरी निरीक्षकले आफ्नो गल्ति महशुस गर्दै गए र भने सुरुमै यस्तो थाहा भएको भए चिट नै काट्ने थिइनँ । अब के गर्ने चिट काटेपछि कि मैले पैसा तिर्नुपर्छ कि सवारी चालकले नै तिर्नुपर्ने भन्दैै प्रहरी इन्स्पेक्टर आफ्नो बाटो लागे । यो प्रत्यक्ष रुपमा देखिएको घटना हो । यसरी अनाहकमा कारबाही र दुःख सास्ती खेप्ने सवारी चालक कति होलान् । यस तर्फ नेपाल प्रहरीको किन ध्यन पुग्न सकिरहेको छैन ? अब यो अबस्थामा कमजोरी कसको भन्ने प्रहरी कि सवारी चालकको ? प्रहरीको कमजोरी हो भने छानविन गरेर सम्बन्धित प्रहरीलाई नै जरिवाना तिर्न लगाउनुपर्छ । कमजोरी जसको भए पनि सवारी चालक र ट्राफिक प्रहरी बीचको यो टकरावले प्रहरी मेरो साथी भन्ने कुराको अनुभूति जनतालाई कहिल्यै पनि हुन सक्दैन । ट्राफिक प्रहरीले सवारी चालकहरुप्रति गर्ने व्यवहार यही हो ? यसरी बुझदै नबुझि चिट काट्ने र अन्त्यमा गल्ति स्वीकार गर्ने ट्राफिक प्रहरीमाथि के कस्तो कारबाही हुन्छ ? कारबाही गर्ने कसले ? चालकबाट गल्ति भएको प्रमाणित भए मात्र आफूले जरिवाना तिर्ने अन्यथा तिर्न नचाहने सवारी साधनवालाको माग ट्राफिक प्रहरी कार्यालयले पूरा गर्ला कि नगर्ला ? आवश्यक स्थानमा जरुरी पर्दा समेत हर्न बजाउन पाइँदैन भने बाटो छेकेर यात्रु पर्खने सवारी साधानलाई के हातले धकेल्न जाने ? यो त नेपाल प्रहरीको बर्दीको मात्र होइन काँधमा लगाएको निरीक्षकको फुलिको समेत बेइज्जत भयो भन्दै गौशाला चोकमा उक्त घटना देख्ने दर्शकहरुले यस्तै यस्तै प्रश्न गरिरहेका छन् र यो समस्या सम्पूर्ण सवारी चालकहरुको समस्या हो । यसको शिकार जो कोही पनि भइरहेका छन् । यो त एक प्रतिनिधि घटना मात्र हो । यस प्रकारका घटना राजधानीका हरेक चौक र मोडमा हरेक दिन घटिरहेका छन् । के नेपाल प्रहरीले यस प्रकारका घटना हरेक दिन दोहोर्याई रहने नै हो कि समाधानको बाटो तर्फ पनि आफ्नो संगठनलाई अग्रसर गराउने हो ? नेपाली जनता जवाफ खोजिरहेका छन् ।
के ट्राफिक प्रहरीको दुरव्यवहार र चिट आतंक नियन्त्रण गर्न सकिँदैन?
0
Share.