माया शर्माद्वारा सहयोगको याचना

0

जुरीख, बेन म्यारो सम्बन्धी समस्याबाट पिडित माया शर्माले सहयोगको याचना गरेकी छन् । उनको शरीरमा रगतको कमी भई उपचारको क्रम मा ए पोजेटिभ एनिमिया (बोन म्यारो सम्बन्धि समस्या) देखिएको हो ।

उनको शरीरमा रगत बनाउने सेल ५ प्रतिशत मात्र बाँकि रहेकोले जति सक्दो चाँडो बोन म्यारो ट्रान्सप्लाण्ट गर्नु जरुरी भएको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् । तर आर्थिक अवस्थाका कारण मायालाई समस्या परेको छ । अहिले उनलाई प्रत्येक दिन रातो र पहेलो रगत (Red and yellow blood) चडाउनु पर्छ । दिनहुँ रगत चढाउन रगत नपाउने र सम्भब नहुने हुदा एक मात्र उपाए बोन म्यारो को ट्रान्सप्लाण्ट नै भएको कुरा डाक्टर ले बताएको मायाको भनाई छ ।

‘अहिले म जिबन र मरण को बिचमा संघर्ष गरिरहेको छु । बोन म्यारो ट्रान्सप्लाण्ट को लागि खर्च धेरै लाग्ने भएको हुदा र मेरो आर्थिक हैसियत ले सम्भब नभएकोले मेरो जिबन रक्षा को लागि सकेको सहयोग गरिदिनु हुन देश तथा बिदेश मा रहनु भएका मनकारी दाजु भाइ, दिदि बहिनिहरुमा हार्दिक अनुरोध गर्दछु ।’ उनको आग्रह छ। तिन महिना पहिले बुबाको ब्रेन ह्यामरेज भइ मृत्यु भएपछि उनी झनै सहारा बिहिन भएकी हुन् । दाइ र भाइ को आर्थिक श्रोत केहि नभएको हुदा अहिले उनले दिल्लीमा बसोबास गर्ने दिदिको सहारामा दिल्लीको सरकारी अस्पताल (Aims New Delhi ) मा उपचार गराईरहेकी छन् । भएको घरको सम्पति उपचारको क्रममा सकियको र अब उपचार गराउन भारतीय रुपैया करिब ३० लाख भन्दामाथि लाग्ने तथा छ महिनासम्म डाक्टरको प्रत्यक्ष निगरानीमा रहनु पर्ने अस्पतालले जनाएको हुदा आफुले सहयोगको अति नै आवश्यकता परेको उनले जनाइन्।

उनलाई सहयोग गर्न चाहनेले दिल्लीको Aims अस्पतालमा पुगी माया शर्मा को नाम मा A Positive रगत दिएर पनि सहयोग गर्न सकिनेछ । आर्थिक सहयोग र रगत दान गर्न तथा अन्य जानकारी को लागि उनकी दिदी राधा शर्मालाई (India) 00919654571921 मा सम्पर्क गर्न सकिनेछ ।

आर्थिक सहयोग गरी उनको जीवन बचाउन चाहने देश तथा विदेशमा रहेका मनकारी दाजुभाइ तथा दिदिबहिनले निम्न नम्बरमा सम्पर्क अथवा निम्न बैकमा रहेका खातामा रकम जम्मा गर्न सक्नुहुनेछ ।

Switzerland,
Sita Ojha Phuyal
Phone 0766834391
Bern, Switzerland
UBS Bank
Account No. CH82 0023 5235 2324 8840 C

India
Shailendra Pandey
New Delhi, India
Account No. 32080935760
IFSC Code. SBIN0011558

India
Nitin Upreti
Panjab Bank Indial
Account No. 2256000101013649
MICR Code. 110024420
IFSC Code. PUNB0456400

 

Share.

Leave A Reply