स्वीटजरल्याण्डकी पूर्व संघिय चान्सलरको असामयिक निधन

0

स्वीटजरल्याण्डकी पूर्व संघिय चान्सलर श्रीमति आनामारी हुबर होचको गत अगष्ट १ तारीखका दिन पारिवारीक पद यात्राको क्रममा हृदयघातको कारण फ्राईबुर्गको स्वार्जसे क्षेत्रमा असामयिक निधन भएको छ । सन १९४८ अगष्ट १६ तारीखका दिन स्वीटजरल्याण्डको बारमा जन्मिएकी हुबर होचले सन १९७८ मा आफ्नो राजनीतिक यात्राको आरम्भ गरेकी थिईन । आफ्नो राजनीतिक यात्राको शिखराबस्थामा उनी सन् २००० देखि २००७ सम्म स्वीटजरल्याण्डको संघिय चान्सलर थिईन । सन् २००७ मा सक्रिय राजनीतिबाट विदा लिएपछि उनले विभिन्न गैर सरकारी संघ संस्थाहरुमा नेत्रित्वदायी भुमिका निभाईन् । सन् २०११ देखि २०१९ सम्म उनी स्वीस रेडक्रसको अध्यक्ष एंव अन्तर्राष्ट्रिय रेडक्रसको उपाध्यक्षका हैसियतले विभिन्न क्षेत्रिय एंव अन्तर्राष्ट्रिय मानविय सेवाका योजनाहरुमा सक्रिय रहिन । नेपाल र नेपालीहरुका बिषयहरुमा गहिरो रुचि राख्ने हुबर होच सन २०१३ मा जुरीखमा आयोजित गैर आवासिय नेपाली संघको यूरोपेलि क्षेत्रिय बैठकको प्रमुख अतिथि थिईन । उनको निधनले स्थानिय नेपाली समाजले एक सच्चा मित्र र अभिभावक गुमाएको छ ।

Share.

Leave A Reply