दूताबास र नेपाली समुदायद्वारा जेनेभामा प्रधानमन्त्रीको स्वागत

0

जेनेभा। प्रधानमन्त्री केपी शर्मा ओलीले  स्वीट्जरल्याण्डले जस्तै नेपालले पनि बिकास गर्न सक्ने दाबी गरे। स्वीट्जरल्याण्डस्थित नेपाली राजदूताबास तथा संयुक्त राष्ट्रसंघ जेनेभास्थित नेपाली स्थायी नियोगले आइतबार साँझ गरेको स्वागत समारोहमा प्रधानमन्त्री ओलीले तीव्र आर्थिक वृद्धि गर्दै गरिबी हटाउने र समृद्व बनाउने बित्तिकै नेपालले बिकास गर्न सक्ने बताएका हुन्।

देशलाई कसरी छिटो बिकास गर्न सकिन्छ भन्ने प्रसंगमा बोल्दै उनले भने,” ८ मिलियन भएको देशले यति बिकास गर्न भने २८ मिलियन भएको हाम्रो देशले किन सक्तैन ? गर्न सक्छ त्यही भएर हामी त्यो आशा र बिश्वास जगाईरहेका छौ।”

निराश जनताबाट देश नबन्ने भन्दै प्रधानमन्त्रीले जनतालाई आत्मबिश्वास र,केहि गर्न सक्छु भन्ने भावाना जगाउन अनुरोध गरे। उनले अघिल्लोपटक प्रधानमन्त्रीहुँदा पनि बिकासकालागि जनतालाई विश्वास जगाउने प्रयास गरेको बताए।

नेपालबाट बाहिर टेक्नोलोजी ट्रान्सफर गर्ने स्थिति बनाउनुपर्नेमा प्रधानमन्त्रीले जोड दिए। उनले भने,” अहिले अन्तबाट ज्ञानसीप टेक्नोलोजी लिन खोजिरहेका छौ तर हाम्रोबाट टेक्नोलोजी ट्रान्सफर गर्ने स्थिति बनाउनुपर्छ। यस्तो हुन सक्तैन भन्ने छैन, स्वीट्जरल्याण्डवाट हुन्छ भने नेपालबाट किन हुँदैन ? तर हामीलाई अलिकति समय लाग्छ।”

उनले नेपाली पासपोर्ट देखाउने बित्तिकै पानापल्टाएर भिसाको छाँप ठोक्ने स्थितिमा मुलुकलाई पुर्याउनुपर्ने बताएका छन्।  प्रधानमन्त्री ओलीले भने,“आज हामीलाई कुनै कुनै देशको भिसा पाउन किन गाह्रो हुन्छ ? कुनै-कुनै देशहरु पासपोर्ट देखाउने बित्तिकै, सोध्दा पनि नसोध्दै भिसा दिने अबस्था छ। हामी गरिब भएर हेला गरिएको हो। त्यसकारण अरुकुराहरु भन्दापनि गरिबी हटाउने र समृद्व बनाउने बित्तिकै नेपाल पासपोर्ट देखाउने बित्तिकै पानापल्टाएर भिसाको छाँप ठोक्छ। त्यो स्थिति हामीले बनाउनु पर्छ।” ठुलो संख्यामा कामदारहरु बाहिर जानुपर्ने अबस्थाले पनि आफ्नो देशमा फर्किनको लागि पनि कबुल गर्नुपर्ने अबस्था आएको प्रधानमन्त्री ओलीले बताए।

लामो बलिदानपूर्ण संघर्षपछि सफल भएर जनताले ठूलो विश्वासका साथ यो सरकारलाइ जिम्मेबारी सुम्पेको उल्लेख गर्दै प्रधानमन्त्रीले तीव्र आर्थिक वृद्धि नै सरकारको मुख्य लक्ष्य रहेको बताए।

स्वीट्जरल्याण्डस्थित गैरआबासीय नेपाली संघ तथा नेपाली समुदायलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एनआरएनहरुका हकअधिकारको सम्बन्धमा अहिलेको सरकार चिन्तित रहेको बताए। उनले गैरआबासीय नेपाली संघ निर्माण हुनु अगावै त्यसको निर्माणको सोचसँग आँफूपनि सँगसँगै रहेको स्मरण गरे।

प्रधानमन्त्री ओलीले भने,” संघका माग र भावानाहरु पनि मलाई थाहा छ। अलिकति नेपालीहरुलाई लगानी गर्न नदिएर,घरसँगको सम्बन्ध टुटाईदिएर अहिलेको सरकारले के के नै पाउँछु भन्ठान्छ होला र ? त्यो कल्पना गर्न सकिन्छ ? त्यसकारण साथीहरुलाई के भन्न चाहन्छु भने बारम्बार हल्लामा जादै नजानु।”

उनले राजनीतिक अधिकार एकठाउँमा प्रयोग गरिने बताउदै बाँकी अधिकार नेपालमा सम्पूर्ण रुपमा प्रयोग गर्न पाईनेबारे स्पष्ट बारे। मुलुकबाहिर रहेका नेपालीहरुलाई अनुरोध गर्दै प्रधानमन्त्रीले भने,” सकेसम्म यताको कारोबार मिलाएर देश फर्कौ। फर्कन सकिएन भने यहीबाट केहि गरौ। केहि गर्न सकिएन भने पनि नेपालको जयहोस् भनौ।”


राजदूतसहित संघ संस्थाका प्रतिनिधिहरुले के-के बोले ?

प्रधानमन्त्री ओलीलाई जेनेभास्थित नेपाली स्थायी नियोग प्रतिनिधि तथा स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत मणिप्रसाद भट्टराईले स्वागत गरेका थिए। राजदूतको जिम्मेबारी लिएर हालै जेनेभा आएका भट्टराईले प्रधानमन्त्री सहितको बिशेष प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउदा खुशी ब्यक्त गरे। उनले भने,” अन्तरराष्ट्रिय श्रम संगठनको अधिवेशनलाई सम्बोधन गर्न जेनेभा आउनु भएकोसुखद अवसरमा रिसेप्सन आयोजन गर्नु पाउनु ऐतिहासिक क्षण हो।”

एनआरएनए स्वीट्जरल्याण्डका अध्यक्ष भुमिराज गुरुङ गुरुङ्ले एनआरएनएले स्थापनाकाल देखि उठाउदै   आएको दोहोरो नागरिकताको बिषय र बिधेयक बारेमा चासो उठाएका थिए। उनले भने, ”हामी नेपालीहरू जहाँ बसे पनि नेपाल र नेपाल प्रतिको मायामा अडिक छौ। नेपालमा लगानीको बाताबरण तय गर्न अनुरोध गर्दछु।”

उनले विनाशकारी भूकम्पजादा होस् वा हावाहुरी पीडितका लागि होस् स्वीट्जरल्याण्डको नेपाली समुदायले सधै मल्हम लगाउने प्रयास गरेको बताए।

एनआरएनएन स्वीट्जरल्याण्ड स्थित महिला फोरम संयोजक शुभ एल्मर लामाले मुलुकमा अझैपनि महिला हिँसाका दर्दानाक घटनाहरु सुन्दा आँफूहरुलाई दुखि बनाएको बताईन्। उनले भनिन्,” एसिड छर्किने, हत्या,बलात्कार जस्ता जघन्य अपराधका घटनाहरुले हामीलाई दुखि बनाएको छ। यसलाई तत्काल रोक्न प्रधानमन्त्रीमार्फत नेपाल सकारको ध्यानआकर्षण गराउन चाहान्छु।”

उनले संबिधानमा मौलिक हकअधिकार र समानताको बारेमा थुप्रै ब्यबस्थाहरु भएपनि व्यबहारमा लागु हुन नसकेको भन्दै दुख ब्यक्त गरिन्। लामाले भनिन्, ”नेपाली पुरुषले बिदेशीमुलुकका महिलालाई विवाह गर्दा जती सजिलै अंगिकृत नागरिकता पाउने ब्यबस्था गरिएको छ तर महिलाको हकमा त्यस्तो नहुनु आँफैमा असमानताको नमुना नै हो।”

नेपाल साईनटिफिक एसोसिएशनका अध्यक्ष रञ्जन मिश्रले  बिदेशमा सिकेको ज्ञान सीप र प्रबिधि हस्तान्तरणका लागि यहाँ स्थित नेपाली बैज्ञानिक तथा बिज्ञहरु तयार रहेको बताए। उनले प्रधानमन्त्री समक्ष समृद्ध नेपाल सुखी नेपालीअभियानमा बिदेशमा रहेका नेपाली बिज्ञहरुले पूर्णरुपमा साथदिने प्रतिबद्वता ब्यक्त गरे।

Share.

Leave A Reply