काठमाडौँमा तेश्रो स्विस नेपाल टेक्नोलोजी ट्रान्सफर कार्यशाला गोष्ठी हुने भएको छ ।
स्विट्जरल्याण्डमा रहेको नेप्लीज साईन्टिफिक एशोसिएशन एनइपीएसएएसले आयोजना गर्न लागेको उक्त कार्यशाला सम्पूर्ण उत्साही एवम् स्टार्टअप नेपाली यूवाहरुका लागि अवसरको रुपमा रहने बताइएको छ । ती यूवाहरु जोसँग साइन्स एण्ड टेक्नोलोजी सम्बन्धी विचारहरु छन् र जसले विदेशी अत्याधुनिक प्रविधिहरुका विशेषज्ञसँग एक आपसमा जोड्ने काम गर्दछन् ।
उक्त कार्यशालाले ती नेपाली यूवाहरुसँग भएका विचार एवं विशेषज्ञतालाई अझ बढी प्रभावकारी र जुझारु बनाउन सहयोग गर्नुका साथै स्थानीय चुनौतिहरू र व्यावहारिक व्यवसायका अवसरहरूको ढोका खोल्न थप मद्दत गर्ने आयोजकले बताएको छ ।
कार्यशालामा विज्ञ एवं सल्लाहकारहरुद्वारा विज्ञान र प्रविधि सम्बन्धी प्रोजेक्टहरु भएका एवं विचार परिवर्तनका साथ समाज परिवर्तन गर्न चाहनेहरुका लागि मार्गदर्शन हुने खालका सुझाव एवं सल्लाहहरु प्रदान गरिनेछ जसबाट तिनै स्टार्टअप यूवाहरुले फाईदा लिन सक्नेछन् ।
उक्त कार्यशालाबाट चयन गरिएका विचारले विश्वभरको विश्व इनोभेसन फोरममा नेपालको प्रतिनिधित्व गर्न पाउनेछन् र स्विट्जरल्याण्डमा रहेका विभिन्न सोसाइटी तथा इन्टेबेशन र एक्सेलेरेसन प्लेटफर्ममा आफ्नो पहुँच पुर्याउनुका साथै आकर्षक नगद पुरस्कारहरु समेत प्राप्त गर्ने छन् ।
कार्यशालामा काठमाडौँमा अवस्थित गेट कलेजको तर्फबाट न्यानो आतिथ्यताका साथ नेपाली खानासँगै स्थानीय स्वीस परिकारहरुले भरिपूर्ण कफि ब्रेकहरु, लञ्च, डिनर र एपेरो समेतको व्यवस्था गरिने आयोजकले जनाएको छ ।
कार्यशालाबाट चयन भएका विचारहरुलाई विश्व इनोभेसन फोरममा प्राथमिकता दिईनेछ र तिनीहरु सबैले सहकार्यको अवसर पाउनेछन् ।