मोदीको भ्रमणले एकिकरणमा ढिलाई -भुषाल

0

नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका कारण एमाले र माआवादीबीचको पार्टी एकिकरण प्रक्रियामा ढिलाई भएको बताएकी छिन् ।
रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै प्रवक्ता भुषालले भारतीय प्रधानमन्त्री मोदीको स्वागतका लागि प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कार्य व्यस्तताका कारण दुई पार्टीको एकिकरण प्रक्रियामा ढिलाई भएको उनले बताइन् ।
पार्टी एकिकरणका बिषयमा आपसी गृहकार्य भइरहेको र बाहिर आएजस्तो एमालेमा माओवादी र माओवादीमा एमाले बिलय नभई सम्मान जनक ढंगल दुई पार्टी एकिकरण हुने बताउँदै उनले पार्टी एकता संयोजन समितिले एकिकरणका लागि आबश्यक तयारी गरिरहेको बताइन् ।
भुषालले पार्टी एकिकरणका बिषयमा केही सञ्चार माध्यममा अध्यक्ष दाहालले भागबण्डाका बारे आएका समाचारहरु निराधार भएको दाबी गर्दै पार्टी एकिरणमा कुनै खालको बार्गेनिङ् नभएको स्पष्ट पारिन् ।
अहिले नै सरकारका गतिविधिको समिक्षा गर्ने बेला नभइसकेको भन्दै प्रवक्ता भुषालले सरकारले निर्वाचनको समयमा जनतामाझ लिएर गरेका एजेन्डा अनुसार काम अघि बढाएको बताइन् ।
सरकारले तोकिएकै समयमा बजेट ल्याईसक्ने बताउँदै उनले उक्त बजेट जनमुखी र आर्थिक समृद्धिको खाका भएको बताइन् । कार्यक्रममा बोल्दै प्रवक्ता भुषालले विगतमा जस्तै नभई यो सरकारले कुटनीतिक पाटोलाई देश र समयानुकुल बनाउँदै गएको उनको भनाई छ ।

Share.

Leave A Reply