खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि दिप युनाइटेडलाई

0

पोखरा – दिप युनाइटेड क्लवले पोखराको अम्मरसिंह खेल मैदानमा सम्पन्न प्रथम विष्णुकुमारी गुरुङ्ग स्मृती अन्तर क्लव खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी जितेको छ ।

बौद्ध शान्ति क्लव, पोेखरा रामघाटद्वारा आयोजित प्रतियोगिता अन्तर्गत शुक्रबार भएको फाइनल खेलमा बि थर्टिन बाँझापाटनलाई १–० गोलले पराजित गर्दै दिप युनाइटेडले सो उपाधी आफ्नों नाम गराएको हो । दिपलाई उपाधि दिलाउन म्यान अफ द म्याच रुपेश क्षेत्रीले निर्णायक गोल गरे ।

उपाधी विजेता क्लवले नगद २ लाख २५ हजार सहित शिल्ड मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । त्यसैगरि दोश्रो स्थान हाँसिल गर्ने टिमले नगद १ लाख १ हजार १ सय ११ रुपैया सहित शिल्ड मेडल प्रमाण पत्र पुरस्कार प्राप्त ग¥यो ।

प्रतियोगितामा दिप युनाइटेडका बुद्ध लामा सर्वोत्कृष्ट खेलाडी, दिपकै अजय तामाङ्ग उत्कृष्ट रक्षक, दिपकै वियजयसिंह महर्जन उत्कृष्ट गोलकिपर, दिपकै स्टेफन सर्वाधिक गोलकर्ता तथा बि थर्टिनका उत्तम गुरुङ्ग उत्कृष्ट मिडफिल्डर घोषित भए । उनीहरुले जनही नगद पाँच पाँच हजारका साथमा ट्रफि पुरस्कार प्राप्त गरे ।

साँसद राजिव पहारी, नेपाल सेभेन ए साइड फुटबल महासंघका अध्यक्ष नविन पुन, जंगबहादुर गुरुङ्ग, पोलेमनपा वडा नम्बर १३ का वडाध्यक्ष दर्शन लामा लगायतले विजयी खेलाडीहरुलाई एक समारोहका विच पुरस्कार वितरण गरे ।

क्लवका अध्यक्ष रोशन गुरुङ्गको अध्यक्षतामा सम्पन्न समारोह क्लवका सदस्य सुवास केसीले सञ्चालन गरेका थिए ।

Share.

Leave A Reply