स्वर्गीय राजा बिरेन्द्रको नामको बियर स्विट्जरल्याण्डको बजारमा

0

स्वीट्जरल्याण्डको एक बियर उत्पादक कम्पनीले नेपालका पूर्व राजा बिरेन्द्रको नाम राखिएको बियर उत्पादन गरी बजारमा ल्याएको छ ।

स्विट्जरल्याण्डको जुरीख स्थित बियर ब्राण्ड कम्पनी टुर्बिनब्राउ आगे (Turbinbräu AG) ले स्वर्गीय राज वीरेन्द्रको नाममा बियर उत्पादन गरी बजारमा ल्याएको हो । ३३० एमएलको उक्त बियरको बोतलमा वीरेन्द्र नाम लेखिएको छ भने नेपाली ढाका टोपी लगाएको स्वर्गीय वीरेन्द्रको फोटोमा हातमा बियर लिएको तस्बीर सहित नेपालको मठ मन्दिर र हिमालको तस्बीर छापिएको छ।

नेपाली टिमुरबाट बनेको ४.७ अल्कोहलको मात्रा रहेको उक्त बियर केही समयका लागि मात्र बजारमा ल्याइएको कम्पनीले जनाएको छ । बियर ब्राण्ड टुर्बिनब्राउ आगेले समय समयमा यस्तै प्रकारका ऐतिहासिक महत्व समेटिने व्यक्ति, स्थान वा बस्तुको नामबाट बियर उत्पादन गर्ने गर्दछ।


हालसालै बजारमा आएको उक्त बियरलाई जुरीख स्थित मानोर रेष्टुरेन्टले एक बोतल बियरको मूल्य ४/७० स्वीस फ्रान्कमा बिक्रि गरिरहेको छ। बियरको पोष्टरमा THIS BEER IS KING !लेखिएको छ। जुरीख निवासी शशि शंकर यादवले उक्त बियर पिएको फोटो आफ्नो फेसबुकमा राखेपछि सोसियल मिडियामा राजा बिरेन्द्रको फोटो र नाम सहितको उक्त बियरको चर्चा चुलिएको छ ।

कसरी भेटीयो यो वीरेन्द्र बियर

बसन्त ‌ऋतुको सुरुवातसंगै स्विट्जरल्याण्डमा मौसम पनि बिस्तारै तातो हुँदै गईरहेको छ। साथीभाइहरुसँग रमाईलो गर्न रुचाउने र नेपालीहरुसँगको जमघटमा रमाउने यादव यही मौसमको मौका छोपेर भेट्घाटको लागि साथीभाइहरुलाई सम्पर्क बढाईहाल्छन् । सोही क्रममा उनले आफ्ना साथीभाइहरुलाई जुरीख स्थित मानोर रेष्टुरेन्टमा भेट्ने समय मिलाएपछि जुरीख मै बसोबास गरिरहेका लोकेन राना मगर र अन्य केही नेपाली साथीभाइहरुको मानोर रेष्टुरेन्टमा जमघट हुन्छ । साथीभाइहरुको भेटघाटमा खानपीन सहितको मनोरञ्जन शुरु गर्ने क्रममा उनै शशी शंकर यादव जुरुक्क उठेर बियर लिन जादा वीरेन्द्र लेखेको बियरमा आँखा पुग्छ। बियर हातमा लियर हेर्दै गर्दा नेपाली टिमुरले बनेको बियर र स्वर्गीय राजा वीरेन्द्रको फोटो देख्दा उनी चकित हुदै साथीभाइहरुलाई जानकारी गराउँछन्। त्यसपछि सबैजनामा विरेन्द्र बियर नै टेष्ट गर्ने सहमति बन्छ अनि बियर चुस्की लगाउँदै बियर त मिठो रहेछ। टिमुरको स्वाद। एउटा फोटो लिउन हो भन्दै फोटो खिचेर यादवले फेसबुकमा फोटो अपलोड गरी हाल्छन् । त्यससँगै सामाजीक सञ्जालमा लाईक र बिभिन्न कमेन्टहरु आउन थाल्छन्। त्यसपछि वीरेन्द्र नामक उक्त बियरको मिडियाहरुमा चर्चा चल्न थालेको छ। यस बियरको खोजीनीति गर्दै टुर्बिन ब्राउको स्टोरमा पुगि यस बियर बारे जानकारी लिएको र वीरेन्द्र बियर सिमित समयको लागि मात्र उत्पादन गरेको जानकारी गराएको शशि शंकर यादवले बताए।
विदेशी भूमिमा नेपाली नामको बियर त्यसमा पनि नेपालका पूर्व राजा बिरेन्द्रको नाम अनि फोटो सहितको पोष्टरमा बजारमा आएको बियर पिउन पाउँदा नेपाली हुनुमा गर्व महशुस भएको यादवले बताएका छन् । साथै जुरिख निवासी सगुन हमाल यादवले समेत हातमा उक्त बियरको बोतल समातेको फोटो सामाजिक सञ्जालमा छाएको छ ।

Share.

Leave A Reply