स्विट्जरल्याण्डको अराउमा चलचित्र “शत्रु गते” प्रदर्शन हुने

0

१५ अप्रिल २०१८, स्विट्जरल्याण्ड। बहुप्रतिक्षित नेपाली चलचित्र “शत्रु गते” स्विट्जरल्याण्डको अराउमा प्रदर्शन हुने भएको छ।

निराजन श्रेष्ठको समुहले यो चलचित्रलाई आगामी अप्रिल २८ तारीख शनिवारको दिन स्विट्जरल्याण्डको अराउमा प्रदर्शन गर्न लागेको हो।

नयाँ वर्ष २०७५ सालको अवसर पारे चलचित्र प्रदर्शन गर्न लागेको उक्त दिन नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम समेत रहेको आयोजकले जनाएको छ। आगामी अप्रिल २८ तारीख शनिवारको दिन स्विट्जरल्याण्डको अराउमा उपस्थित भई चलचित्र शत्रु गते हेरेर भरपुर मनोरञ्जन लिन संपूर्ण स्वीसवासि नेपलीहरुलाई आयोजकले अनुरोध गरेको छ।

प्रदीप भट्टराईले निर्देशन गरेको चलचित्र शत्रु गतेमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, पल शाह, आँचल शर्मा, प्रियंका कार्की, बसुन्धरा भुषाल, राजाराम पौडेल, दीपकराज गिरी, दिपाश्री निरौला, शिवहरी पौड्याल, किरण केसीको मुख्य अभिनय रहेको छ।

“Roschtige Hund” Ziegelrain 2, 5000 Aarau मा १७:०० बजे देखि चलचित्र प्रदर्शन गरिने र उक्त कार्यक्रम सम्बन्धी अन्य जानकारीका लागि आयोजक समुह निराजन श्रेष्ठ सम्पर्क नं. ०७८ ६२५ १७ ४४, बिदुर संग्रौला सम्पर्क नं. ०७८ ७२८ ८४ ४६, शुक्र श्रेष्ठ सम्पर्क नं.  ०७६ ५७० ७५ ६०, प्रेम भारती सम्पर्क नं.  ०७६ ४२४ ३० ५५ मा सम्पर्क गर्न सकिने पनि आयोजकले जनाएको छ।

Share.

Leave A Reply