माइटी शेर्पा ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिता–२०७४ हुने

0

पोखरा – टुँडिखेल युथ क्लव, पोलेमनपा–१ को आयोजनामा चैत्र १३ देखि १६ गतेसम्म पुरानो टुँडिखेल मैदानमा माइटी शेर्पा ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिता–२०७४ हुने भएको छ । आयोजक क्लवद्वारा पोखरामा आयोजित पत्रकार सम्मेलनमा यसको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइयो ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ५५,५५५ कप, मेडल, प्रमाणपत्र, द्वितिय हुने टिमले ३३,३३३ कप, मेडल, प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेण्डर र उत्कृष्ट गोलकिपरलाई ट्रफि तथा प्रमाणपत्रले पुरस्कृत हुनेछन् । क्वाटरफाइनलका खेलहरुबाट हरेक खेलमा म्यान अफ द म्याचलाई पनि पुरस्कृत गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

६ लाख खर्च तथा ३ लाख बचतको अनुमान रहेको प्रतियोगितामा झण्डै १५ टिमले सहभागिता जनाउने आयोजनकको अपेक्षा छ । प्रतियोगिताबाट बचेको रकम टुँडिखेलमा सञ्चालन भइरहेको इन्द्रेणी फुटबल एकेडेमीको विकासमा खर्चिने पनि सो अवसरमा जानकारी दिइयो । प्रतियोगितामा सहभागि हरेक टिमले बढिमा २ जना ३३ वर्षका खेलाडीपनि सामेल गर्न सक्ने जनाइएको छ ।

नेपाल बु्रअरी प्रा.लि.ले आगामी तीन वर्ष सम्म प्रतियोगिताको मुख्य प्रायोजन गर्ने छ । प्रालिका पोखरा डिलर प्रमुख राजु लुइटेलले प्रायोजन स्वरुप पहिलो वर्ष २ लाख र हरेक वर्ष रकम बढाउँदै लगिने पत्रकार सम्मेलनमा बताए । क्लवका उपाध्यक्ष दिलिप गुरुङ्गको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशब पाठक, प्रतियोगिता संयोजक अर्जुन गुरुङ्ग, क्लवका सल्लाहकार हिटलर घले लगायतले प्रतियोगिताका बारेमा बोलेका थिए । सञ्चारकर्मी विनोद लामिछानेले कार्यक्रम सञ्चालन गरेका थिए ।

Share.

Leave A Reply