स्विट्जरल्याण्डमा १०८ औं अन्तराष्ट्रिय नारी दिवस सम्पन्न

0

स्विट्जरल्याण्ड।
एक विशेष कार्यक्रमको आयोजना गरी स्वीट्जरल्यण्डामा १०८ औं नारी दिवस भव्यताका साथ सम्पन्न भएको छ ।


विगतका वर्षहरुमा झैं यस वर्ष पनि गैर-आवसीय नेपाली संघ महिला फोरम स्वीटजरल्याण्डले गत शनिबारका दिन लेन्जबुर्गमा एक कार्यक्रमको आयोजना गरी १०८ औं अन्तरराष्ट्रिय नारी दिवस मनाएको हो।


गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डका महिला संयोजक शुभ एल्मर लामाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली दूतावास स्वीट्जरल्याण्डका महामहिम राजदूत दिपक धितालको प्रमुख आतिथ्यता तथा नारी समाज पोर्चुगल कि अध्यक्ष तथा एन आर एन महिला फोरम पोर्चुगल कि संयोजक सिता बराल एवं नारी समाज पोर्चुगल कि महासचिव मीना खरेलको विशेष आतिथ्यताका साथै अतिथिका रुपमा गैर-आवासीय नेपाली संघ स्विट्जरल्याण्डका अध्यक्ष भूमिराज गुरूङ, आईसीसी सदस्य रामकुमार महतो, स्वीस नेपाली समाजका उपाध्यक्ष तथा गैर-आवासीय नेपाली संघ स्विट्जरल्याण्डका सल्लाहकार पितम गुरुङ, स्वीस नेपाली समाजका कोषाध्यक्ष तथा गैर-आवासीय नेपाली संघ स्विट्जरल्याण्डका सल्लाहकार सुजन मल्ल र संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । पानसमा बत्ति प्रज्वलन गरी नेपाली राष्ट्रिय गान र गैर-आवासीय नेपाली संघ, महिला फोरमका सदस्य कल्पना तमाङको स्वागत मन्तव्यबाट सुरु गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि, बिषेश अतिथि र अतिथिहरुले आ-आफ्ना शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
शुभकामना मन्तब्य कै क्रममा १०८ औं नारी दिवस संसारभर मनाईरहेको दिनमा नै कैलालीको घोडाघाडी नगरपालिक-५ देउकलीमा १८ वर्षीया राधा चौधरीलाई बोक्सीको आरोपमा लगातार ६ घन्टासम्म निर्घात रूपमा पिटिएकी घटनालाई कार्यक्रमका वक्ताहरूले स्मरण गराउँदै यस्ता किसिमका घटनाहरु नेपालमा घटिरहदा दुख व्यक्त गरेका थिए।

कार्यक्रमको दोस्रो सेसनमा महिला फोरमले नेपालमा “पाठेघर खस्ने” रोगमा कहाँ कसरी सहयोग पुर्याईरहेको छ भन्ने बारेमा फोरमकी सदस्य विजया भट्टले एक स्लाइड देखाउँदै महिला फोरमको प्रोजेक्ट सम्बन्धी जानकारी गराएकी थिइन।
नारी समाज पोर्चुगलकी अध्यक्ष तथा एन आर एन महिला फोरम पोर्चुगलकी संयोजक सिता बरालले नारी समाज पोर्चुगलले पोर्चुगलमा नारी समाज किन स्थापना गरेको र के के गतिविधिहरू गरेका छन् भन्ने बारे एक स्लाइड प्रस्तुत गरेकी थिइन।


नेपाली दूतावास स्वीट्जरल्याण्डका लागि दोस्रो सचिव अन्तरा सिङले नेपालमा पहिले भन्दा अहिले नेपाली महिलाहरू हरेक कुरामा धेरै अगाडी आइरहेको विवरणहरू प्रस्तुत गर्दै नेपालको रीतिरिवाज, जातीय प्रचलन र धार्मिक कुराहरूले नेपाली महिलाहरूले धेरै दुख भोग्नु पर्ने कुरा व्यक्त गरीकी थिइन।
कार्यक्रमकी सभापति तथा महिला संयोजक शुभ एल्मर लामाले एक स्लाइड प्रस्तुत गर्दै महिला जागरण सम्बन्धी नेपालमा भइरहेका केही परियोजनाहरूका बारेमा विस्तृत जानकारी दिनुका साथै नेपालका विभिन्न क्षेत्रमा एनआरएनए महिला फोरम स्वीट्जरल्याण्डको सक्रियता एवं संलग्नताका बारेमा विस्तृत विवरण पेश गरेकी थिइन।


कार्यक्रमको बीच बीचमा स्थानीय कलाकारहरू गौरी गुभाजू, राजेन्द्र भण्डारी र कल्पना तामाङले नृत्य प्रस्तुत गरी कार्यक्रमको माहोल नै रमणीय बनाएका थिए भने अर्की स्थानीय कलाकार दिप्सा आचार्यको गायन र नृत्यले झनै कार्यक्रमलाई रोचक बनाएको थियो। अन्तमा नेपाली डिजे म्यूजिकमा नाच्दै उपस्थित सबैले भरपूर मनोरञ्जन गरेका थिए।


उक्त कार्यक्रमको उद्घोषण सिमा गौतम अर्यालले गरेकी थिइन।
सबैको सहयोग र उपस्थितिले कार्यक्रम सफल भएको भन्दै महिला संयोजक शुभ एल्मर, लामाले खुसी व्यक्त गर्दै उपस्थित सबैलाई धन्यबाद ज्ञापन गरेर कार्यक्रमको समापन गरिएको थियो ।

Share.

Leave A Reply