बेर्न। ११४ औं अन्तर्राष्ट्रिय नारी दिवस ९ मार्च २०२४ शनिबार विविध कार्यक्रम आयोजना गरी मनाइएको छ। गैर आवसीय नेपाली संघ महिला फोरम स्विटजरल्याण्डले ¨महिलामा लगानी: सभ्य र समुन्नत समाजको थालनी¨ भन्ने मूल नाराका साथ विविध कार्यक्रम आयोजना गरी बेर्नमा ११४ अन्तर्राष्ट्रिय नारी दिवस मनाएको हो।

प्रमुख अतिथि श्रीमती ज्योती रिजाल सुवेदी, नेपाली राजदूतावास स्विट्जरल्याण्डका लागि राजदूत राम प्रसाद सुवेदी र संघका पदाधिकारीहरुले पानसमा बत्ति बाली कार्यक्रमको शुभराम्भ गरेका थिए।

श्रीमती ज्योती रिजाल सुवेदीले कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै महिला सशक्तीकरणको विषयमा जोड दिइन्। श्रीमती ज्योती रिजाल सुवेदी नेपाली राजदूतावास स्विट्जरल्याण्डका लागि राजदूत राम प्रसाद सुवेदीको श्रीमती हुन्।

मन्तव्यकै क्रममा नेपाली राजदूतावास स्विट्जरल्याण्डका लागि राजदूत राम प्रसाद सुवेदीले महिला दिवसको उपलक्ष्यमा शुभकामना ब्यक्त गर्दै नेपालमा मनाईने माघेसंक्रान्ती, शिवरात्री र फागु पूर्णिमा जस्ता चार्डपर्वहरु पनि आयोजान गर्नु पर्नेमा सुझाव व्यक्त गरे।

कार्यक्रममा स्वीस नेपाली समाजका अध्यक्ष मार्कुस रुकस्टुल लगाएत अतिथिहरुले महिला दिवसको उपलक्ष्यमा शुभकामना ब्यक्त गरे।

अष्ट्रीया निवासी निर्मला डंगोल कार्यक्रममा विशेष अतिथिको रुपमा सहभागी हुदै महिला सशक्तीकरणको विषयमा मन्तव्य व्यक्त गर्दै जिवन विज्ञान योगाको बारेमा जानकारी गराएकी थिईन। डंगोल जिवन विज्ञान योगाको प्रशिक्षीका हुन्।

गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डका आईसिसि सदस्य शुभ एल्मर लामाले नेपालमा सती प्रथाको अन्य कसरी र कहिले भएको बारे एक स्लाइड प्रस्तुत गरेकी थिइन्।

कार्यक्रमको अन्त्यमा एनआरएनए स्विट्जरल्याण्डका अध्यक्ष कुल प्रसाद शिवाकोटीले औपचारी कार्यक्रम अन्त्य भएको घोषणा गर्दै कार्यक्रम भव्यरुपमा सफल भएको भन्दै उपस्थिति नेपाली समुदायप्रति धन्यबाद व्यक्त गरेका थिए।

महिला फोरम स्विट्जरल्याण्डकी संयोजक चम्पा ज्ञवाली रुकस्टुले कार्यक्रम संचालन गरेकी थिइन्।

कार्यक्रममा स्थानीय गायकहरुले गायन र नृत्य प्रस्तुत गरेका थिए।

Previous articleएनआरएनए महिला फोरम स्विट्जरल्याण्डले ११४ औं नारी दिवस मनाउने
Next articleस्वीस नेपाली समाजको आयोजनामा नेपाली नयाँ बर्ष कार्यक्रम हुने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here