जेनेभा। स्विट्जरल्याण्डको लौजानेमा ३० बर्ष देखि बसोबास गर्दै आएका हरी बस्नेतको निधन भएको छ। यही २८ सेप्टेम्बर शनिवार दिउसो भेभेय (Vevey) Fondation Rive-Neuve हस्पतालमा ५४ वर्षीय हरी बस्नेतको उपचारको क्रममा निधन भएको हो।

यही ३० सेप्टेम्बर सोमबारको दिन समय १२:०० देखि १४:३० स्थान Chapelle Saint- Roch, Rue Saint-Roch 19, 1004 Lausanne मा बस्नेतको अन्त्येष्टि गर्ने भएको छ।

बस्नेत श्रीमती २ छोरी र १ छोरा सँगै स्विट्जरल्याण्डको लौजानेमा स्थायी रूपमा बस्दै आएका थिए। ‍लौजाने स्थित रेलवे स्टेसनमा नेपाली रेष्टुरेन्ट संचालन गर्दै आएका हरि बस्नेत स्विट्जरल्याण्डको नेपाली समाजमा चिरपरिचित व्यक्ति हुन्। बस्नेत गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डको कार्यकाल २०१३-२०१५ मा उपाध्यक्ष पदमा रहेर काम गरेका थिए।

यस दुखद् घडीमा समस्त परिवार प्रति गहिरो समवेदना प्रकट गर्दै नेपाल स्वीस डट कम दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछ।

Previous articleस्टाउफेनमा चलचित्र “फर्की फर्की” प्रदर्शन हुने
Next article‘प्रवासीको देश हुन्न’ बारे स्पेनमा अन्तरसंवाद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here