बासेल। गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डको आयोजनामा हरितालिका तीज यही आउँदो सेप्टेम्बर १६ तारिखमा हुने भएको छ।
महिलाहरुको महान पर्व तीजका अवसरमा हरेक वर्ष झैँ यो वर्ष पनि एनआरएनए स्विट्जरल्याण्डले हरितालिका तीज कार्यक्रमको आयोजना गर्न लागेको हो। प्रवासी भूमिमा मनाइने उक्त तीज कार्यक्रमलाई आकर्षक एवं सफल बनाउन यस पटक नेपालबाट चर्चित कलाकारहरु आफ्नो प्रस्तुति पस्कन आउने कार्यक्रम तय भएको संघका प्रवक्ता रेशम खत्रीले जानकारी गराए।
स्विट्जरल्याण्डमा रहेका सम्पूर्ण नेपाली संघ संस्थाहरु तथा नेपाली दाजु भाई दिदी बहिनीहरु लाई कार्यक्रममा उपस्थित भई सो कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गराउन सहयोग गरि दिनका लागि संघले आग्रह गरको छ।

Previous articleएनआरएनए स्विट्जरल्याण्डको सुचना
Next articleएनआरएनए माल्टाको आईसिसि सदस्यमा नविन गिरीको उम्मेद्वारी घोषणा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here