बेर्न। गैर आवासीय नेपाली संघ, महिला फोरम स्विट्जरल्याण्डको आयोजनामा हरितालिका तीज कार्यक्रम बेर्नमा हुने भएको छ।
महिलाहरुको महान पर्व तीजका अवसरमा हरेक वर्ष झैँ यो वर्ष पनि महिला फोरम र एनआरएनए स्विट्जरल्याण्डले संयुक्त रुपमा हरितालिका तीज कार्यक्रमको आयोजना गरेको हो।

प्रवासी भूमिमा मनाइने तीज कार्यक्रमलाई आकर्षक एवं सफल बनाउन यस पटक नेपालबाट लोक दोहोरी गायिका दुर्गा गुरुङ्ग र गायक कुमार पुन कार्यक्रममा आफ्नो प्रस्तुति पस्कन आउने कार्यक्रम तय भएको छ।
यही ३१ अगष्ट २०२४ शनिवारको दिन (Gemeinschaftszentrum der Kirchgemeinde PetrusJupiterstrasse 15, 3015 Bern) बेर्नमा हुने तीज कार्यक्रम मनोरञ्जनात्मक हुने आयोजकले बताएका छन् ।

जानकारी अनुसार उक्त दिन दिनको ठीक १३.०० बजेबाट तीज कार्यक्रम सुरु गरिने छ । महिला फोरमले स्विट्जरल्याण्डमा रहेका सम्पूर्ण नेपाली संघ संस्थाहरू तथा महिला दिदी बहिनीहरू लाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गराउन हार्दिक अनुरोध गरेको छ।

Previous articleटीकापुर घटनालाई संक्रमणकालीन न्यायमा सम्बोधन गरिनु पर्ने नाउपाको माग
Next articleजुरीखमा भलिबल प्रतियोगिता हुँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here