जुरीख। नेपाली नयाँ वर्ष २०८१ सालको उपलक्ष्यमा जुरीखमा  सांगीतिक कार्यक्रम हुने भएको छ। यही आउँदो  १३ अप्रिल शनिवारको दिन जुरीखमा  स्वीस नेपाली समाज स्विट्जरल्याण्डले नेपाली नयाँ वर्ष कार्यक्रम आयोजना गर्न लागेको हो।

नयाँ वर्ष कार्यक्रम लाई संगीतमय बनाउन युरोप र नेपाल बाट नेपाली कलाकारहरू कार्यक्रममा सहभागी हुने भएका छन्।

स्थान Restaurant Silberkugel, Bleicherweg 33, 8002 Zürich मा हुने नयाँ वर्ष कार्यक्रम दिनको १५:०० बजे देखी २२:३० बजे सम्म हुने र प्रवेश शुल्क ३५ स्वीस फ्रान्क  रहेको आयोजकले जानकारी गराएको छ।

कार्यक्रम सम्बन्धित विस्तृत जानकारीको लागी शशी शंकर यादव ०७६ २३४ ९६ ०७ फोनमा सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ।

Previous article११४ औ अन्तर्राष्ट्रिय महिला दिवस स्विट्जरल्याण्डमा मनायो
Next articleदिगो पर्यटन र लगानीको बारे उस्टरमा कार्यक्रम हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here