आरगाउ। गैर आवासीय नेपाली संघ, महिला फोरम स्विट्जरल्याण्डको आयोजनामा ११५औं अन्तर्राष्ट्रिय महिला दिवस भव्य रूपमा सम्पन्न भएको छ। गत २ मार्च २०२५, आइतबारका दिन “लैङ्गिक समानताका लागि तीव्र कार्यान्वयन” भन्ने मूल नाराका साथ विविध कार्यक्रम आयोजना गरि सफलतापूर्वक सम्पन्न गरिएको हो।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि डा. मीरा निरौला, विशेष अतिथि ज्योति रिजाल सुवेदी, गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डका आईसीसी सदस्य शुभ एल्मर लामा तथा अन्य अतिथिहरुले संयुक्त रूपमा पानसमा बत्ती बालेर गरेका थिए।
कार्यक्रममा वक्ताहरूले महिलाको हक, अधिकार र लैङ्गिक समानताको आवश्यकताका विषयमा बोले। प्रमुख अतिथि डा. मीरा निरौला, विशेष अतिथि ज्योति रिजाल सुवेदी र गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डका आईसीसी सदस्य शुभ एल्मर लामाले महिला सशक्तीकरणका लागि समाजमा सकारात्मक परिवर्तन आवश्यक रहेको बताए।
गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डका अध्यक्ष कृष्ण प्रसाद शिवाकोटीले कार्यक्रम भव्य रूपमा सफल भएकोमा खुशी व्यक्त गर्दै सबै सहभागी तथा आयोजक टोलिलाई धन्यवाद ज्ञापन गरे। गैर आवासीय नेपाली संघ, महिला फोरम स्विट्जरल्याण्डका कोषाध्यक्ष बिनिता सुनारले कार्यक्रमको स्वागत मन्तव्य दिएकी थिइन् भने महिला संयोजक चम्पा ज्ञावली रुकस्टुलले कार्यक्रम सञ्चालन गरेकी थिइन्।
कार्यक्रममा सहभागीहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो, जसले हल खचाखच भरिएको थियो। साथै, कुसुम लामा र आशिष कान्छाको विशेष सांगीतिक प्रस्तुति तथा स्थानीय कलाकारहरूको नृत्यले कार्यक्रमलाई अझ आकर्षक बनाएको थियो।