जुरिख। स्वीस नेपाली समाज स्विट्जरल्याण्डले नेपाली नयाँ वर्ष बिशेष कार्यक्रम सम्पन्न गरेको छ। शनिवार जुरिखमा आयोजित एक कार्यक्रम बीच समाजले नेपाली नयाँ वर्ष मनाएको हो।

कार्यक्रममा पोर्चुगल बाट आएका कलाकार द्वय अर्जुन सुनाम र  कला पंगेनीले स्वीसबासी नेपाली समुदायलाई मनोरञ्जन प्रदान गरेका थिए। गायक सुनामले चलचित्र बन्धकीबाट आफ्नै चर्चित गीत सुर्खेतमा बुलबुले ताल सुनाउँदा दर्शकको मन जिते। उनले  चलचित्र बाटुली ‘जान त साइँली जाने हो घर’, ‘तिम्रै झल्को आउछ मेरी निरमाया’ लगायतका गीत प्रस्तुत गरेका थिए। बहराइन,मलेसिया, सिङ्गापुर, अष्ट्रेलिया लगायत हाल युरोपका विभिन्न देशहरुमा प्रस्तुत गर्दै आएका गायक सुनाम विगत २ बर्ष यता पोर्चुगलमा बस्दै आएका छन्।

यस्तै कार्यक्रममा पोर्चुगलबाट आएकी गायिका कला पंगेनीले पनि दर्शकको मन जितिन्। साथमा स्थानीय कलाकारहरु एन्जेला लासन, सीता राई, मन्सा राई लगायतले बेजोड प्रस्तुति राखेका थिए।

स्वीस नेपाली समाज स्विट्जरल्याण्डका अध्यक्ष मार्कुस रुक्स्टुलको अध्यक्षतामा सम्पन्न कार्यक्रम सम्पन्न भएको थियो। समाजका उपाध्यक्ष कमल भट्टले धन्यवाद ज्ञापन गरे भने कार्यक्रमको संचालन गुणराज शर्माले गरेका थिए। नेपाली व्यवसायी अर्जुन बस्ताकोटीले जुरिखमा संचालन गरेको रेष्टुरेन्ट सिल्भरकुगेलमा सम्पन्न कार्यक्रमको संयोजन शशी शंकर यादवले गरेका थिए। कार्यक्रम सम्पन्न गर्न खाना व्यवस्थापनको नेतृत्व दल बहादुर पुनले गरेका थिए।

Previous articleदिगो पर्यटन र लगानीको बारे उस्टरमा कार्यक्रम हुने
Next articleस्विट्जरल्याण्डमा टेबल टेनिस अर्थात् पिंग पोंग प्रतियोगिता हुँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here