आराउ। हर्ष उल्लाससहित तिहारको रन्कोले घरदेशलाई ढपक्क बालेको बेला स्विट्जरल्याण्ड पनि अछुतो रहेन। परदेशमा व्यस्त समयका बाबजुत पनि नेपालीहरू आफ्नो परम्पराअनुसार चाडपर्व मनाउन पछि परेका छैनन्। आ-आफ्नो समय अनुकूल जमघट तथा रमाइलो गर्दै चाडपर्व मनाउने गर्छन्।

यसै बीच स्विट्जरल्याण्डका नेपाली समुदायमा पनि लगातार देउसी-भैलो कार्यक्रम सम्पन्न भएको छ। ५ दशकदेखि नेपालीहरूको बसोबास रहेको स्विट्जरल्याण्डका घर-घरमा पुगेर देउसी-भैलो खेल्ने परम्पराले यस बर्ष पनि निरन्तरता पाएको हो। यस बर्ष आराउ र बेर्न शहरहरुमा रहेका नेपालीहरुको घर्-घरमा नै पुगेर देउसी-भैलो सम्पन्न भएको र “‌हाम्रो संस्कृति र परम्परालाई निरन्तरता दिनु हाम्रो कर्तब्य नै हो। त्यसैले पनि घर-घरमा नै पुगेर देउसी खेल्न पुग्यौ।” तीन बर्ष देखी निरन्तरता दिदै आएको भैलो टिमले बताए।

Previous articleबेर्न नेपाली समाजको आयोजनामा दशैं कार्यक्रम सम्पन्न
Next articleएनआरएनए स्विट्जरल्याण्डको १४औं वार्षिक साधारण सभा संगीत मय हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here