बार्सिलोना । स्विट्जरल्याण्ड निवासी गायक सुभाष सुन्दासको नयाँ गीत ‘मन’ सार्वजनिक भएको छ। सो गीत गायक सुन्दासको आफ्नै युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो। उक्त गीतमा स्विट्जरल्याण्डमा रहेका संगीतकार रामु परियारको शब्द संगीत रहेको छ।

मान्छेको चञ्चल स्वभावको मनबारे गीतमार्फत प्रस्तुत गर्न खोजिएको गायक सुन्दासले बताए।

हरेक व्यक्तिको स्वभाव अनुसार मन चञ्चल हुने भन्दै त्यही विषयलाई गीत मार्फत उठान गरिएको उनको भनाइ छ।

गीतको म्युजिक भिडियोलाई विकास तामाङले  निर्देशन गरेका छन्। गायक सुन्दासले यसअघि ‘उड्न देउ’ नामको एल्वम सार्वजनिक गरेका थिए। हालसम्म उनले ९ वटा गीतहरु सार्वजनिक गरेका छन् ।

युरोपमा चर्चित गायकको रुपमा चिनिएका सुन्दासको स्वरले युवा पुस्ताको मन जितेको छ । उनले युरोपका प्राय: सबैजसो मुलुकमा पुगेर सांगीतिक प्रस्तुति दिइसकेका छन् ।

Previous articleगायक तुलसी सिवाकोटीको नयाँ म्यूजिक भिडिओ ‘तिमी मन पर्यो’ सार्वजनिक
Next articleस्विट्जरल्याण्डमा तीज मनाइयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here