बार्सिलोना। बुद्वको शान्ति सन्देशलाई बिश्वभर फैलाउने उदेश्यसहित स्पेनबाट पिस कन्फेरेन्स सुरु हुनेभएको छ। लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा अप्रिल ७ देखि १२ सम्म बिभिन्न कार्यक्रमहरुको आयोजना गर्दै कन्फेरेन्स हुने भएको हो। यो कन्फेरेन्स स्पेनको एक्स्त्रेमादुराबाट सुरु भएर संसारको बिभिन्न ठाउँहरुमा गरिने लक्ष्य राखिएको छ।

कार्यक्रममा सहभागि बन्न राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहितको उच्चस्तरीय नेपाली टोलि  मंगलबार स्पेन आउने भएको छ। अध्यक्ष तिमिल्सिनाले प्रमुख अतिथिको रुपमा कार्यक्रमको उद्घाटन गर्ने भएका छन्। फाउन्डेसनका अनुसार  स्पेनको एक्स्त्रेमादुरा प्रदेशका मुख्यमन्त्री गुईलेरम्मो फर्नान्डेज भारा बिशेष अतिथिको रुपमा सहभागी बन्ने भएका छन्।

कोरोना भाईरसको महामारीकाबीच सामाजिक दूरी कायम गर्दै भौतिक रुपमा उपस्थिति भएर नै कार्यक्रम हुन लागेको हो।

पिस कन्फेरेन्सको उदेश्य के हो ?

 ७० मिलियन युरोभन्दा बढी खर्च गर्दै स्पेनको काथेरेस नगरमा लुम्बिनी गार्डेन बनाउने एक महत्वकांक्षी योजना फाउन्डेसनले राख्दै आएको छ। सोहि अभियानको प्रचारप्रसारका पनि एक्स्त्रेमादुराबाट पिस कन्फेरेन्स सुरु गरिएको लुम्बिनी गार्डेन फाउन्डेसनका महासचिव एकराज गिरीले जानकारी दिए।

 “कार्यक्रमको मुख्य उदेश्य त बुद्वको शान्ति सन्देशलाई नै संसारभर फैलाउनु हो। त्यो अलवा हाम्रो प्रोजेक्टका लागि अहिलेसम्म भएका प्रगती बिबरणहरुलाई पनि भिडियो मार्फत कन्फेरेन्समा प्रस्तुत गर्नेछौ।’ उनले भने।

प्रोजेक्टको प्रचारप्रसार सहित नेपाल, हङ्कङ्,म्यानमार,थाईल्याण्ड लगायत बिभिन्न देशहरुको कन्फेरेन्स गर्ने लक्ष्य फाउन्डेसनले राखेको छ।

बिश्व सम्पदा सुचिमा सुचिकृत भएका दुवै नगरहरु लुम्बिनी र काथेरेसले भगिनी सम्बन्ध गासिसकेका छन्। दुवै नगरका प्रमुखहरुले लुम्बिनीमा गतबर्ष नै हस्ताक्षर गरेर सम्बन्ध जोडेका थिए।

नेपाली टोलीमा को -को छन् ?

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना सहित लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरी पनि स्पेन आउने भएका छन्। यस्तै रामग्राम नगरपालिकाका मेयर नरेन्द्रकुमार  गुप्ता, कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंह, देवदह नगरपालिकाका मेयर हिराबहादुर खत्री र उपमेयर बिद्या लक्ष्मी गुरुङ,लुम्विनीका कार्यकारी प्रमुख शिबप्रसाद रेग्मी, संघीय संसद सचिवालय सदस्य सपना सापकोटा र लुम्बिनी गार्डेन प्रोजेक्टका प्रमुख आर्कीटेक्ट उज्वलमान शाक्य कार्यक्रममा सहभागि बन्ने भएका छन्।

नेपाली उच्चस्तरीय टोलीले स्पेनको संघीय तथा प्रदेश सरकारका अधिकारीहरुसँग भेटबार्तासमेत गर्ने भएको छ।

लुम्बिनी गार्डेन बनाउने एक महत्वकांक्षी परियोजनाको अवधारणा (तस्बिरमा) :-

Previous articleएनआरएनए स्विजरल्याण्डद्वारा सदस्यताको लागि आवेदन खुल्ला
Next articleअस्ताए सन्त कुमार ! शोकमग्न युरोप

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here