बेर्न। यही ७ जुलाई आइतवारको दिन कान्टोन आरगाउ को स्टाउफेनमा नेपाली चलचित्र बोक्सीको घर प्रदर्शन गरिने भएको छ। गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डले “एक एनसीसी एक प्रोजेक्ट” को सहयोगाअर्थको लागी चलचित्र प्रदर्शन गर्न लागेको हो।

स्थान Zopfhaus, Zopfgasse 20, 5603 Staufen मा दिनको १५:०० बजे देखि चलचित्र प्रदर्शन गरिने, प्रवेश शुल्क २५ स्वीस फ्रान्क रहेको र १४:०० बजे देखि अपेरो खुला गरिने गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डका महासचिव याम काउचा मगर ले जानकारी गराए।

नेपाली चलचित्र ‘बोक्सीको घर’ मा महिलालाई बोक्सीको आरोप लगाएर समाजले उनीहरूमाथि गर्ने शोषणको कथालाई मुख्य विषय बनाइएको छ।

सुलक्षण भारतीले निर्देशन गरेको बोक्सिको घर चलचित्रमा केकी अधिकारी, सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतले यस फिल्ममा अभिनय गरेका छन्।

Previous articleस्विट्जरल्याण्डको संसदमा पुगे रामकुमार
Next article‘प्रवासीको देश हुन्न’ को चर्चा स्विटजरल्याण्डमा पनि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here