राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले आफ्नो संसदीय दलको कार्यबाहक नेता चयनका लागि सचिवालय बैठक बोलाएको छ ।
शुक्रबार अपरान्ह ३ बजेका लागि बैठक बोलाइएको उक्त पार्टीले जनाएको छ ।
पार्टीको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने र उक्त बैठकमा संसदीय दलको नेता चयन गर्ने सम्बन्धी छलफल गरी टुंगोमा पुग्ने उक्त रास्वपाले जनाएको छ ।
रास्वपाका सभापति एवं संसदीय दलका नेता रवि लामिछाने सहकारी ठगी, सम्पत्ती शुद्धिकरण र संगठित अपराध मुद्दा खेपिरहेका कारण संसदले उनको सांसद पदबाट निलम्बन गरेपछि रिक्त हुन गएको संसदीय दलको नेताका लागि उक्त दलले शुक्रबार छलफल गरी टुंग्याउन लागेको हो ।
खाली हुन गएको संसदीय दलको नेता पदका लागि रास्वपामा अहिले संसदीय दलका उपनेता बिराजभक्त श्रेष्ठ, कार्यबाहक सभापति डिपी अर्याल, उपसभापति स्वर्णीम वाग्ले, सहमहामन्त्री सुमना श्रेष्ठ र सांसद चन्दा कार्की लगायत करिब पाँच जना नेताहरु आकाँक्षी देखिएका छन् ।

Previous articleएस.एन.एच.पी.ई र नेपाल चिकित्सक संघ बीच सम्झौता
Next articleतामाङ समाज स्विट्जरल्याण्डद्वारा सोनाम ल्होसार २०२५ भव्य रूपमा मनाइने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here