२९ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छन् ।

सर्वोच्च अदालतले मंगलबार अपरान्ह ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।

सोही अनुसार राष्ट्रपतिले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

शपथ ग्रहण साँझ ६ बजेका लागि तोकिएको छ ।

हेर्नुहोस् राष्ट्रपति कार्यालयको विज्ञप्ति

-अनलाईन खबरबाट

Previous articleएनआएनए स्वीट्जरल्याण्डको महाधिवेशन सम्पन्न अध्यक्षमा शुभ एल्मर लामा निर्विरोध
Next articleजुरीक नेपाल स्पोर्टस क्लबको आयोजनामा टेबल टेनिस प्रतियोगिता हुने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here