साहित्य एवं समाजसेवाका क्षेत्रमा उल्लेख्य योगदान गरेका व्यक्तित्वहरुलाई पुरस्कार सहित सम्मान गर्दै आईरहेको बुद्धि-खगी-दान स्मृति राष्ट्रिय प्रतिष्ठान -नेपालले आफ्नो तेश्रो अनुष्ठान सम्पन्न गरेको छ ।


शनिबार चितवनको भरतपुर महानगरपालिका स्थित स्टार बैङकेट होटल हाकिम चोकको सभाहलमा एक कार्यक्रमका बीच प्रतिष्ठानले तेस्रो साहित्यिक तथा परोपकार अभिनन्दन एवं नगद पुरस्कार समारोह भव्य एवम् सभ्य रुपमा सफलतापूर्वक सम्पन्न गरेको हो । पञ्चकन्याहरुद्वारा स्वस्ती वाचन गरेर आरम्भ गरिएको उक्त कार्यक्रममा नेपाली साहित्य कि नारी रत्न एवं बिशिष्ट कथाकार माया ठकुरी ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा काठमाडौं निवासी सामाजिक अभियन्ता मानव अधिकार कर्मी ए बि सी नेपाल कि अध्यक्ष दूर्गा घिमिरेलाई संस्थाले नगद पुरस्कार सहित परोपकार सम्मानले सम्मान गरेको थियो । त्यस्तै नवलपरासीका साहित्यकार समालोचक सदानन्द अभागीलाई साहित्य सम्मान र हेटौंडा घर भै हाल काठमाडौं रहनु भएकी बिशिष्ट साहित्यकार रूकु कार्कीलाई परोपकार साहित्य सम्मान एवं चितवनका वरिष्ठ कवि गीतकार समाजसेवी श्रीभक्त अच्युत वाग्लेलाई साहित्य सम्मान २०७४ बाट सम्मानित गरिएको थियो । सम्मानित हुने चारैजनालाई जनही रू पन्ध्र हजार एक नगद पुरस्कारले सम्मान गर्दै ताम्रपत्र सहित दोसल्ला ओढाएर अभिनन्दन गरिएको थियो । कार्यक्रममा संस्थाकी संरक्षक साहित्यकार सुमित्रा पौडेल आंचलले संस्थाको परिचय सहित तेस्रो साहित्यिक अनुष्ठानका सम्बन्धमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा बरिष्ठ कवि गजलकार गोविन्द राज बिनोदी, धनराज गिरी, एल बि क्षेत्री,प्रवासी नेपाली पत्रकार सञ्जालका सचिव एवं प्रतिष्ठानका सल्लाहकार दामोदर नेपाल, आदर्श गृहकी सामाजिक अभियन्ता मीना खरेल, सामाजिक अभियन्ता मञ्जु खाँड, अधिवक्ता इन्दु कोइराला, मातृभूमि साहित्य समाज हेटौंडाका कवि साहित्यकार हयग्रीव आचार्य, आंचल कला पुञ्ज हेटौडा कि शान्तिप्रिय बन्दना, कवि गजलकार द्वारिका नेपाल, गजलकार बिद्धान चिराग भन्डारी, पूर्ण बहादुर साउद शिरिष, शम्भु निर्दोष जीवन, आँसु तोप नरेन्द्र पौडेल, सुरेश गिरी, गायिका दिनु उदासी, नेपाली लेखक संघ चितवनका अध्यक्ष डा एक नारायण पौडेल लगायत सयौं स्रष्टा एवं सामाजिक अभियन्ताहरूको जमघट रहेको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष बाबुराम न्यौपानेले सभापतित्व गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका सल्लाहकार एवं हाम्रो मझेरी साहित्य प्रतिष्ठान भरतपुर चितवनका अध्यक्ष पुष्प अधिकारी अञ्जलिले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न कविता, गजल, गीत वाचन गर्नुका साथै विभिन्न वक्ताहरुले प्रतिष्ठानले गरेको उदाहरणीय कार्यको प्रशंसा गर्दै सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि माया ठकुरी ज्यूले वर्तमान नेपाली भाषा साहित्यका बारेमा र नेपाली आख्यानका बारेमा आफ्नो बिचार व्यक्त गर्दै सुमित्रा पौडेल आंचलले गर्नुभएको यो अनुष्ठान सबैको लागि उदाहरण भएको कुरा व्यक्त गर्नुभएको थियो ।

Previous articleIs There Really a God?
Next article२६ बर्षिया आईना बार्का ३० नेपाली अपाङग बालबालिका हरुकी गुरूआमा (भिडियो अन्तर्वाता)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here