जेनेभा। प्रवासी नेपाली मञ्च स्विट्जरल्याण्डको ५औं अधिवेशन १६ फेब्रुअरी २०२५ जेनेभामा सम्पन्न भएको छ। अधिवेशनले धर्म बहादुर गुरुङलाई अध्यक्ष र राजेन्द्र भण्डारीलाई सचिव चयन गर्दै १२ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ।

कार्यक्रम भर्चुअल र भौतिक माध्यमबाट सम्पन्न गरिएको थियो। प्रमुख अतिथिका रूपमा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सन्जय थापा उपस्थित थिए। साथै, अन्तर्राष्ट्रिय कमिटी र युरोप कमिटीका अन्य जिम्मेवार व्यक्तित्वहरू हेम शेर्पा, भक्त बहादुर वाग्ले, मुक्त गुरुङ, चन्द्रकान्त आचार्य, कल्पना त्रिपाठी, शालिक थपलिया, विनोद न्यौपाने लगायत अतिथिहरूको उपस्थिति रहेको थियो।

नव-निर्वाचित कार्यसमितिलाई निवर्तमान अध्यक्ष बिक्रम केसी सहित अतिथिहरूले बधाई तथा शुभकामना दिएका छन्।

Previous articleबासेलमा नेपालको सहयोगार्थ नेपाल दिवस कार्यक्रम हुने।
Next articleमे महिनामा काठमाडौं आएर आफ्नो नेतृत्व छनोट गर्नुहोस्, नयाँ विधान बनाउनोस्: शेष घलेसंगको अन्तरवार्ता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here