“हामी धेरै आत्तिएका थियौ। हामी धेरै चिन्तित थियौ। गर्मिको टन्टलापुर घाममा साना घाम चोर्ने नानीहरुको ओठ फुट्थ्यो फुटिरहेको छ पनि। पानी छैन निमावि स्कूल सुनपुरको प्रधानाध्यापक भएर जब साना नानीहरुले पानी माग्थे तब म चुप लाग्थे । जब शिक्षा माग्थे तब म ज्ञानका कुरा बाड्थे। तर पानी पिलाउन धेरै समस्या भएको स्कूलको प्रधानाध्यापकको हैसियतले जब पानी अभियान शुरु भयो तब म धेरै खुशी छु। एक दिन यो स्कूलका   साना बाबु नानीहरुले  पानी पाउनेछन् पानी आउछ भनेर धेरै खुशी छन् । हामी धेरै खुशी छौ । पानी अभियानलाई हामी पनि साथ दिएर अगाडि बढ्नेछौ।   “नेपाल राष्ट्र  दाङ जिल्ला लक्ष्मीपुर  गाउँ बिकास समिती वार्ड नम्बर ७ बिपि मार्ग स्थित यस  आधारभूत स्कूल   सुनपुरमा  करिब २५०जना बालबालिका  हरु अध्ययन गर्दछन्  ।  आजको  २१औ शताब्दीमा  पनि यहाँका  बालबालिकाहरुले प्रयाप्त शुद्द  पानी पिउन पाएका  छैनन्। पानी नभएको कारणले भएका शौचालयको उचित प्रयोग भएको  छैन ! जिल्ला  शिक्षा  कार्यालय  दाङ,  गाउँ बिकास समिती विभिन्न सरकरी तथा गैर सरकारी  संस्थामा धेरै पटक  अनुरोध गर्दा कसैले नसुनेको अबस्था छ यस्तो जटिल अवस्थामा भिश्म अठोट बोकेर हरेक घरमा धारो हरेक गाउँमा सिंचाइ नारा लिएर  पानी तपस्या गरिरहनु भएका मित्र लाल पार्देले शुरु गर्नु भएको पानी अभियानमा साथ दिएर यस  सुनपुर स्कूलका  बाल्बालिकाहरु लाई शुद्ध खाने  पानीको  व्यवस्था  मिलाइ दिन हार्दिक अनुरोध गर्द्छु ।  एक घर  एक धारा ,हरेक गाउँ सिंचाइ भन्ने पवित्र पानी अभियानलाई धेरै धरै शुभकामना  दिदै  ऐक्यबद्द्ता जनाउन चाहन्छु । ” प्रधानाध्यापक एकराज घिमिरे फोन  ९८५७८३४०७४ श्री आधारभूत  स्कूल सुनपुर  दाङ  नेपाल “

Previous articleएन.आर.एन. नागरिक अधिकार कुण्ठित गर्ने प्रयास
Next articleसुभाष सुन्दासको आधा गाग्रो पानीको म्युजिक भिडियो सार्वजनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here