जेनेभा। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा सहभागी हुन स्विट्जरल्याण्डको जेनेभा आइपुगेकी छिन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आइतबार जेनेभा पुगेकी हुन्।

मानवअधिकार परिषद्को बैठक फेब्रुअरी २४ बाट सुरु भएको छ र २६ सम्म चल्नेछ। स्रोतका अनुसार मन्त्री राणाले बैठकमा आगामी संयुक्त राष्ट्रसंघको सन् २०२७ देखि २०२९ सम्मका लागि मानवअधिकार परिषद्को सदस्य, २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषद्को सदस्य एवं सन् २०३७ देखि २०३८ सम्मका लागि सुरक्षा परिषद्को अस्थायी सदस्यमा उम्मेदवारी घोषणा गरेको जानकारी गराउदै नेपाललाई सहयोग गर्न आग्रह गरेकी छिन् ।

बैठकमा सहभागी भइरहँदा परराष्ट्रमन्त्री राणाले विभिन्न देशका आफ्ना समकक्षी तथा अन्य मन्त्रीहरूसँग ‘साइडलाइन’ भेटवार्ता समेत गरिरहेकी छिन्।

मन्त्री राणा फेब्रुअरी २७ मा नेपाल फर्किने कार्यक्रम छ।

Previous articleएकताको अधिवेशन सफल पार्न यूरोप संयोजक सापकोटाको अपील
Next articleस्विट्जरल्याण्डमा ११५औं अन्तर्राष्ट्रिय महिला दिवस भव्य रूपमा सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here