क्रियाशिल पत्रकारहरुको साझा मोर्चाले आज एक विज्ञप्ति प्रकाशित गरी नेपाल पत्रकार महासंघको निर्वाचन तालिका तत्काल सार्वजनिक गरी निर्वाचन सम्पन्न गर्न माग गरेको छ ।
मोर्चाका संयोजक योगेन्द्र प्रताप शाहीद्वारा हस्ताक्षरित विज्ञप्ति जारी गर्दै मोर्चाले उक्त माग गरेको हो । मोर्चामा आवद्ध बिभिन्न १० वटा पत्रकार सञ्जालका अध्यक्षहरुको समेत हस्ताक्षर रहेको उक्त विज्ञप्तिमा अगाडि भनिएको छ नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनको निर्वाचन प्रक्रिया लगातार अवरुद्ध हुनु आपत्तिजनक छ । विज्ञप्तिमा अगाडि भनिएको छ, सदस्यता थप्ने होडबाजी र भागबण्डा कै कारण महासंघले नयाँ नेतृत्व पाउने कुरा अनिश्चित हुनु अत्यन्त दुःखद् विषय हो । क्रियाशील पत्रकारहरुको साझा मोर्चाको नेतृत्वमा विभिन्न सरोकारवाला सञ्चार संगठन तथा अभियन्ताहरुको आज बसेको बैठकले महासंघको नेतृत्वले महाधिवेशन सकेर पनि निर्वाचन प्रक्रिया रोकिनु लज्जास्पद भएको हुँदा त्यसप्रति दुःख व्यक्त गर्दै अल्टिमेटम सहित चरणवद्ध आन्दोलनमा जान बाध्य हुने जानकारी गराउँदछौं । अबिलम्ब सदस्यताको अन्तिम नामावलीसहित निर्वाचन तालिका सार्वजनिक गर्न जोडदार माग गर्दछौं । निर्वाचन कार्यक्रम सार्वजनिक गर्न नसके महासंघ नेतृत्वले सार्वजनिक रुपमा क्षमायाचनासहित सामूहिक राजिनामा दिन माग गर्दछौं । अटेर गरेर पदमा बसिरहे चरणवद्धरुपमा धर्ना, घेराऊ लगायत सशक्त कार्यक्रमसहित आन्दोलनमा जाने यसै विज्ञप्तिमार्फत स्पष्ट गर्दछौं । त्यसबाट सिर्जित जस्तोसुकै परिस्थितिको जिम्मेवार स्वयं महासंघ नेतृत्व नै हुने पनि जानकारी गराउँदछौं विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ, प्रेस काउन्सिल नेपालले पत्रपत्रिका बर्गीकरणमा गरेको मनपरीतन्त्र र भेदभावप्रति गम्भीर आपत्ति प्रकट गर्दै तत्काल बिनाशर्त वर्गीकरण पुनः प्रकाशित गर्न माग गर्दछौं । साथै, अटेर गरी अघि बढे सशक्त दवावमूलक कार्यक्रम अघि बढाउन बाध्य हुने कुरा जानकारी गराउँदछौं मोर्चाको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा गजुरधन राई, अध्यक्ष, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), उमिद बाग्चन्द, अध्यक्ष, सूचनाको हकको लागि राष्ट्रिय महासंघ, नारायण शर्मा, संयोजक, क्रान्तिकारी प्रेस संगठन, गोपाल पौड्याल, अध्यक्ष, मिडिया नेपाल, मनोज कुमार यादव कावा. अध्यक्ष, प्रेस मञ्च नेपाल, विदुर ढुंगेल अध्यक्ष, प्रेस नेपाल, गोपाल बराइली, वरिष्ठ उपाध्यक्ष, राष्ट्रिय दलित पत्रकार संघ, जन्मदेव जैसी
अध्यक्ष, श्रमजीवी–पत्रकार संघ, नेपाल, दामोदर प्रसाद दवाडी, अध्यक्ष, लोकतान्त्रिक छापा माध्यम सञ्जाल, देवीप्रसाद सापकोटा नेपाली सञ्चारक्षेत्र सुधार अभियन्ता को हस्ताक्षर रहेको छ ।

Previous articleस्विट्जरल्याण्डको सर्गन्स संस्कृति महोत्सवमा नेपाली ब्यान्डको प्रस्तुति
Next articleदेउवालाई भेटे भारतीय विदेश सचिव मिस्रीले

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here